सुदूरपश्चिममा स्वास्थ्य विमा कार्यक्रममा आकर्षण कम

Yugnepal     1312 पटक पढिएको    

सुदूरपश्चिममा स्वास्थ्य विमा कार्यक्रममा आकर्षण कम

   धनगढी सुदूरपश्चिम प्रदेशमा हालसम्म कुल जनसंख्याको १२ प्रतिशत जनसख्या स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएका छन् ।  

विमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार २०६८ को जनगणना अनुसार प्रदेशको कुल जनसंख्या २५ लाख ५२ हजार पा“च सय १७ रहेकोमा हालसम्म स्वास्थ्य विमा कार्यक्रममा दुई लाख ५६ हजार ६ सय ६० जना आवद्ध भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा कैलालीमा सबैभन्दा बढि स्वास्थ्य विमित रहेका छन् भने दार्चुलाबाट हालसम्म सबैभन्दा कम स्वास्थ्य विमित रहेका छन् । विमा बोर्डका अनुसार गरिव घरधुरी पहिचान भइसकेका जिल्लामा विमितको संख्या बढी भए पनि पहिचान नभएका जिल्लामा सहभागिता अवस्था कमजोर रहेको देखिएको छ ।
सरकारले कैलाली, अछाम, बझाङ र बाजुरा जिल्लामा गरिव घरधुरी पहिचान गरि परिचयपत्र वितरण गरिसकेको छ । प्रदेशका अन्य पा“च जिल्लामा भने पहिचान हुन बा“की रहेको छ ।
विमा बोर्डका अनुसार कैलालीमा १ लाख ३९ हजार आठ सय २० जना स्वास्थ्य विमामा आवद्ध भएका छन् । भने दार्चुलामा ६ हजार जना मात्रै हालसम्म आवद्ध भएका छन् ।
त्यस्तै, बझाङमा ३० हजार ४ सय ५०, बाजुरामा २६ हजार ६ सय ५० जना, अछाममा २७ हजार जना , बैतडीमा १३ हजार र कञ्चनपुरमा १० हजार ७ सय जना स्वास्थ्य विमित भएको प्रदेश कार्यालय धनगढीका प्रदेश संयोजक जनक साउंदले बताए  ।
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ३९ हजार तीन सय एक जनाले स्वास्थ्य विमा कार्यक्रमबाट स्वास्थ्य सेवा लिइसकेको जनाइएको छ । आर्थिक २०७५÷२०७६ मा  विमा कार्यक्रम अन्र्तगत प्रदेशका सात जिल्ला गरि ३ करोड ८१ लाख पा“च हजार दुई सय ६२ रुपैया लगानी भइसकेका प्रदेश संयोजक जनक साउंदले बताए  छ ।

 

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये हालसम्म सात वटा जिल्लामा स्वास्थ्य विमा कार्यक्रम लागु भइसकेको छ । सुदूरपश्चिम प्रदेश सरकारले यसै वर्ष डडेल्धुरा र डोटीमा विमा कार्यक्रमलाई विस्तार गर्ने लक्ष्य लिएको छ ।
सरकारले हालसम्म देशभरीका ४ सय ८८ वटा स्थानीय तहमा स्वास्थ्य विमा कार्यक्रम विस्तार गरिसकेको  छ । विमा कार्यक्रम विस्तारका लागि ११ जिल्ला पहिचान भइसकेकाले छिट्टै ती जिल्लामा कार्यक्रम लागू गरिने पनि उनले  बताए ।
स्वास्थ्य विमा नविकरण गर्ने बढ्दै
नेपाल सरकारले २०७२ साल चैत २५ गतेबाट पहिलो चोटी कैलाली जिल्लाबाट स्वास्थ्य विमा कार्यक्रम शुभारम्भ गरेको थियो ।
शुरुमा कैलालीमा पा“च सय दुई घरधुरी यो कार्यक्रममा समावेश भएका थिए । विमा शुरु भएको एक वर्षपछि नविकरण भने एक सय १२ घरधुरीले गरेका थिए । शुरुमा नविकरण गर्नेको संख्या २२ प्रतिशत मात्रै रहेकोमा अहिले भने सुदूरपश्चिम प्रदेशमा नविकरण गर्नेको संख्या ६० प्रतिशत पुगेको प्रदेश विमा वोर्डले जनाएको छ ।
बोर्डका अनुसार २०७५ साउन १ गतेसम्म प्रदेशमा दुई हजार आठ सय ४९ घरधुरी विमामा आवद्ध भएकोमा २०७६ साउनसम्म एक हजार सात सय २६ घरधुरीले नविकरण गरेका छन् ।

 



मङ्गलबार २१, माघ २०७६ १२:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.