भयावह बन्यो कोरोना भाइरसको संक्रमण, यस्तो छ आंकडा

Yugnepal     912 पटक पढिएको    

भयावह बन्यो कोरोना भाइरसको संक्रमण, यस्तो छ आंकडा

काठमाडौं । चीनको हुवेइ प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । यसबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दो छ ।

शनिबारसम्म कम्तीमा ३०४ जनाको ज्यान गइसकेको छ । हुवेइमा मात्र २९४ जनाको ज्यान गएको छ । शनिबार मात्रै पनि हुवेइमा ४५ भन्दा बढीको ज्यान गएको थियो ।

अहिलेसम्म १४ हजार ३८० जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा शनिबार मात्रै पनि २ हजार ५९० जना संक्रमित फेला परिसकेका छन् ।

चीन बाहिर एक सय जनामा संक्रमण फेला परेको छ ।

पछिल्ला दिनमा दुई दर्जन देशमध्ये बेलायत, अमेरिका, रुस र जर्मनीमा नयाँ बिरामी देखापरेका छन् ।

नेपालमा अहिलेसम्म १ जनामात्र संक्रमित भेटिएका छन् । आशंका धेरैमा छ ।



आइतबार १९, माघ २०७६ ०१:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.