निःशुल्क मधुमेह जाँच र घरदैलो अभियान जारी

Yugnepal     1419 पटक पढिएको    

निःशुल्क मधुमेह जाँच र घरदैलो अभियान जारी


धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क मधुमेह जाँच र घरदैलो अभियान जारी राखेको छ । हरेक शनिबार गर्ने अभियान अन्र्तगत माग १८ गते शनिबार पनि धनगढी उपमहानगरपालिका–५ तारानगरमा निःशुल्क मधुमेह जाँच र घरदैलो अभियान गरेको हो ।
पछिल्लो समय ग्रामिण क्षेत्रमा भन्दा बढी सहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएकाले अभियान लाई निरन्तर दिएको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष मिनबहादुर धामिले बताए । मधुमेह अर्थात डाइबेटिसलाई सामान्य भाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । प्याक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुन्छ ।
इन्सुलिन हर्मोनको अनियमितता हुँदा मधुमेह हुने गरेको पाईएको छ । सहरभन्दा टाढापछी परेका समुदायप्रति आफुहरुको पनि उत्तरदायित्व उत्तिकै रहेकोले निःशुल्क मधुमेह जाँच शिविरको आयोजना गरिएको अध्यक्ष धामिले बताए । मधुमेह जाँच गरिएको शिविरमा महिला पुरुष गरी जम्मा एक सय १५ जनाको रगत जाँच गरीएको हो ।
रगतजाँच गरेका मध्य १५ जनालाई मधुमेह ९सुगरको ० लक्षण देखा परेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्धक निर्देशक महेन्द्र साउंदले वताए ।



शनिबार १८, माघ २०७६ ०६:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.