सदरमुकाम मै खानेपानिको समस्या

Yugnepal     1448 पटक पढिएको    

सदरमुकाम मै खानेपानिको  समस्या


बझाङ्ग जिल्लाको सरमुकाममा खाने पानिको समस्या भएको छ । जिल्लाको साविकका   सदरमुकाम चैनपुरमा साबिकका ४७ वटै गाउ बिकास समिति र  हालका २ वटा नगरपालिका   १० वटै गाउपालिकामा खाने पानिको समस्या रहेको स्थानीय बासिन्दाहरुको भनाई छ । प्रतिव्यक्ति  प्रतिदिन स्वस्थ रहनका लागि  ५ लिटर पानी खानु पर्ने भएता पनि तर जिल्लाका  शहर  र ग्रामिण बस्तीहरुमा  उचित खानेपानीको व्यवस्था नहुँदा खाने पानिको समस्या भएको उनीहरुको भनाई रहेको छ ।
खोला खोल्सा पानी बोकेर ग्रामिण भेगका वासिन्दाहरु अझै पनि  खोला खोल्सा कै पानि पिउन बाध्य छन् । सुबिधा खोजन  गाउबस्ती छोडदै शहर  केन्द्रीत हुनथालेका छन्  ।
बझाङ्ग जिल्लाको  सरमुकाम चैनपुर सडकका किनारामा प्रत्येक दिन बिहान लामबद्घ भएर खानेपानी भर्नेको लस्कर पनि यथावत ,नै छ ।
सिमाना संग जोडिएको बैतडी दार्चुला डडेल्धुरा डोटी जिल्लाका मानिसहरुको  मिश्रत समाज भएको सदरमुकाम चैनपुर यति बेला भने खानेपानीको निकै ठुलो समस्या रहेको छ ।
 हप्ताको दुई दिन मात्र खानेपानी आउने र त्यो पनि बजारको सडक किनारामा ठाउ ठाउमा अव्यवस्थित रुपमा बिछाईएका पाइप र त्यसैमा काटिएका ठाउमा खानेपानीको भाडो  थापेर भर्नु पर्ने समस्याको समाधान यति बेला सम्म होला भन्न सकिने अवस्था भने छैन ।
 धेरै जनघनत्व भएको सदरमुकाममै खानेपानीको उचित व्यवस्था नहुनुले राज्यको अरबौ  बजेटको  रहेको छ , तर पानि छैन ।
चरम दुरुपयोग भएको आसंका आम नागरिकले महसुस गर्न थालेका छ्न ।

 



बुधबार १५, माघ २०७६ ०२:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal