फेम्स सञ्चालनका निम्ति कार्यविधि जारी

Yugnepal     774 पटक पढिएको    

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोगजार सूचना व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि, ०७६’ सञ्चालनमा ल्याएको छ । वैदेशिक रोगजार सम्बद्घ सेवाप्रवाहलाई आधुनिक सूचना प्राविधिको माध्यमबाट व्यवस्थित बनाउन वाञ्छनीय भएकाले वैदेशिक रोगजार नियमावली, ०६४ को नियम ५२ क को उपनियम ९२० बमोजिम मन्त्रालयले कार्यविधि सञ्चालनमा ल्याएको हो ।

फेम्स व्यवस्थित पारदर्शी र मर्यादित रूपमा सञ्चालनका निम्ति वैदेशिक रोगजार विभागका महानिर्देशकको संयोजकत्वमा ५ सदस्य कार्य समिति रहने कार्यविधिमा जनाइएको छ । मुख्य प्रणाली व्यवस्थापक, प्रणाली व्यवस्थापक, सहायक प्रणाली व्यवस्थापक गरी फेम्सलाई तीन प्रकारमा विभाजित गरिएको छ । फेम्स सञ्चालनले अनलाइन प्रणालीबाट नै सम्पूर्ण कार्य सम्पादन हुने भएको कार्यविधिमा उल्लेख छ । त्यसैले डिजिटल डाटा पूर्णता तथा शुद्घता भए÷नभएको जाँच गर्नका निम्ति विभाग र सम्बन्धित कार्यालयको संयुक्त समन्वयमा कार्यालय प्रमुखको संयोजकत्वमा ३ सदस्य डिजिटल डाटा पूर्णता तथा शुद्घता छानबिन समिति बन्ने र प्रतिवेदन महानिर्देशक सामु पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
अनलाइन प्रणालीमा समस्या आइपरेमा कार्यालयले यथाशीघ्र सार्वजनिक सूचना जारी गरी प्रणाली सञ्चालन नहुन्जेलसम्म कुनै पनि कारोबार सुचारु नहुने जनाइएको छ । मन्त्रालयले ‘वैदेशिक रोगजार सूचना व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि, ०७६’ सञ्चालनमा ल्याए तापनि फेम्सभित्र थपिएका मागपत्र प्रमाणीकरण तथा कामदार छनोट मोड्युल १ जनवरी २०२० देखि अनिर्वाय लागू गर्ने भनिए पनि विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले लागू नगर्दा १ जनवरीदेखि पर्याप्त मात्रमा नयाँ मागपत्र आउन सकेको छैन जस्ले व्यावसायीलाई मात्र नभई श्रमिकलाई पनि समस्यामा पारेको बताइएको छ ।
वैदेशिक रोजगारमा गएका कामदारहरूको फोटो र बायोमेट्रिकसहितको विस्तृत विवरण रहने साथै वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण गुनासा र उजुरीहरूको पनि विद्युतीय अभिलेख रहने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम कक्षमा श्रम स्टिकर र बायोमेट्रिक विवरण रुजु गर्न एवं श्रम स्विकृति प्रदान गर्ने कार्यमा संलग्न सम्पूर्ण कर्मचारीहरूको कार्यसम्पादनको विवरण विद्युतीय रूपमा राख्ने उद्देश्यका साथ फेम्स सञ्चालनमा ल्याइएको मन्त्रालयको दाबी छ । तर, फेम्समा आवश्यकता अनुसार परिमार्जित गर्दै गइए पनि पूर्वतयारी नपुग्दा प्रभावकारी हुन नसकेको वैदेशिक रोगजार व्यावसायी संघले जनाएको छ ।



शनिबार ०४, माघ २०७६ ०२:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal