प्रदिप मलासी बझाङ्ग सुकुम्वासी सुरेन्द्र नेपाली लाइ राहत स्वरुप घरयसी सामग्री बितरण गरेको छ ।
सुदुरपश्चिम टार्फिक प्रहरी उपरिक्षक लोकेन्द्र सेष्ठले बझाङ्ग जिल्लाको साविक भैरवनाथ गा बि स ५ थाला गाउका रैथाने सुकुम्वासी ४५ बर्षिय सुरेन्द्र नेपालीको ४ जना छोराछोरी लाइ ४ जोड लुगा दुइ कट्टा मसिनो चामल दुइ पेटी चाउचाउ एक सेट ओडने ओछ्याउन घर प्रयोजनका सामग्री दिइ सहयोग गरेका छन ।
२०६५साल अधि भारतको दिल्लीमा गइ जिवन गुजरा चलाउदै आएका सुरेन्द्रका ४ छोराछोरी छन । जसमध्ये ३ छोरी र १ छोरा छन् ।
लामो समय भारत बसेर जन्म घर फर्कदा पहिलाको सामान्य खालको बास बस्ने घर पनि गाउको अर्कै मान्छेले आफ्नो नाममा बनाए पछि अहिले सुकुम्वासी सुरेन्द्र नेपाली केदारस्यु गाउपालिका ९ को झोता बजारको सडक किनारामा सानो तिर्पालको झोपडी मुनि बसेर ६ जना परिवारको गुजरा चलाइ रहेका छन् ।
झन्डै ९ वर्ष देखि पुर्व प्रहरी अधिकृत राजेन्द्र ब सिँहको घरपरिवारको नाममा रहेको झोता बजारको पछाडी पट्टीको चौरमा तिर्पालको छानो भएको टहरा बनाएर बसेका हुन । जग्गा धनीले पटक पटक खाली गर्न चेतावनी दिने गरेका सुकुम्वासी नेपालीले बताए ।
आफ्नो पैतरिक सम्पतिका नाममा १ वर्ग मिटर पनि जमिन नभएकोले कहाँजाने केगर्ने भन्ने कुरामा निकै अन्यवल देखिएको छ । राज्यले जनता आवासको अवधरणा अगाडी बढाइ राखेका बेला जिल्लाको केदारस्यु गा पा को झोता बजार सडक किनारमा अर्काको जमिनमा ६ जना ज्यान भएको घर परिवार होटलमा भाडा माझि दैनिकि चलाउन गरेको सुरेन्द्र नेपाली भने सहयोगको हात फैलाउदै मौन भएको स्थानीय सरकार र गरिवका टाउका गनेर डलरको खेती गर्ने तमाम निकायलाइ गुहारी सक्दा पनि सुरेन्द्रको आवाज लाइ सुन्ने टाफिक प्रहरी उपरिक्षक लोकेन्द्र सेष्ठले उक्त पिरिवारलाई सहयोग गरेको सुरेन्द्र नेपाली बताए ।
प्रतिकृया दिनुहोस