स्वतन्त्र पत्रकारिता सबल लोकतन्त्रको आधार मन्त्री बासकोटा

Yugnepal     1075 पटक पढिएको    

स्वतन्त्र पत्रकारिता सबल लोकतन्त्रको आधार  मन्त्री बासकोटा

धनगढी, १७ पुस । स्वतन्त्र पत्रकारिता सबल लोकतन्त्र भित्रको महत्वपूर्ण  आधार   रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटाले बताएका छन् ।
बिहीबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बासकोटो स्वतन्त्र पत्रकारिता सबल लोकतन्त्र भित्रको महत्वपूर्ण पिल्लर रहेको बताएका हुन् । उनले स्वतन्त्र पत्रकारितालाई बलियो बनाउन आफ्नो स्रोतमा निर्भर हुुनु पर्ने बताए ।
’आफ्नो व्यवसाय प्रति जिम्मेवार हुनु प¥यो । अब मन्त्री नेताका हात मोलेर, कुरा गरेर, दबाव दिने युगको अन्त्य भएको छ ।’
सम्बोधनकै क्रममा मन्त्री बास्कोटाले पत्रकारले उल्टोसुल्टो दुबै तरिकाले तरबार चलाउने भएकाले उनीहरुलाई नै खतरा हुने गरेको बताए । ’पत्रकारसँग कलम हुन्छ । तर, कहिले काही उल्टोसुल्टो तरबार चलाइ दिनु हुन्छ । यसले गर्दा पत्रकार माथि खतरा छ ।’
उनले सूचना प्रविधि विधेयकमाथि धेरै प्रश्न उठेको भएपनि मिडियालाई फाइदा पुग्ने कुरा विधेयकमा उल्लेख भएको दावी गरे । यस्तै मन्त्री बास्कोटाले मिडियासँग सम्बन्धित कामका लागि सबै प्रदेशमा कार्यालय स्थापना गर्ने तयारी रहेको बताए । ’प्रेस काउन्सिल, सूचना तथा सञ्चार केन्द्रलगायतले दिने सेवा सुविधाहरु सम्बन्धित क्षेत्रबाटै प्रदान गर्ने गरी काम अगाडि बढेको छ,’ उनले भने ।
सामान्य कामका लागि केन्द्र जानुपर्ने पत्रकारको बाध्यताको अन्त्य हुने उनले बताए । उनले पत्रकारितालाई सिध्याउन नभएर व्यवस्थित तरिकाले अगाडि बढाउने प्रयासमा लागेको जानकारी गराए । ’म चुपी ९हतियार० बोकेर पत्रकारिता सिध्याउँदै हिँडेको छैन, बरु नेताहरु कार्यकर्ता सिध्याउँदै हिड्छन्, ’मन्त्री बास्कोटाले भने, ’ स्पष्ट हुनुहोस् । हाम्रो प्रेसलाई मर्यादित, आलोचनात्मक चेत भएको क्षमता सहितको सबल प्रेस बनाउनका निम्ति लागेको हुँ ।’
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा मिडिया र सञ्चारकर्मीलाई सवल सक्षम बनाउनका लागि प्रदेश सरकार प्राथमिकताका साथ अगामी दिनमा पनि सहयोग रहने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपायक्ष विपुल पोखरेल, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप वड, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष अर्जुन शाह लगायत विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला अध्यक्ष जगत साउदको अध्यक्षतामा भएको थियो ।

 



बिहिबार १७, पुष २०७६ ०८:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.