मिडिया काउन्सिल विधेयक बारे छलफल

Yugnepal     726 पटक पढिएको    

मिडिया काउन्सिल विधेयक बारे छलफल

धनगढी– राष्ट्रिय सभाको विधायन ब्यवस्थापन समितिले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा नेपाल मिडिया काउन्सिल गठन सम्बन्धी विधेयकबारे छलफल गरेको छ ।

राष्ट्रिय सभाको विधायन ब्यवस्थापन समितिमा छलफलमा रहेको सो विधेयक माथि सुझाव संकलन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशमा छलफल गरिएको हो । सुदूरपश्चिम प्रदेशको प्रदेश सभा, प्रदेश मामिला तथा विधायन समितिसितको समन्वयमा आयोजित छलफलमा सुदूरपश्चिम प्रदेशका सभामुख अर्जन बहादुर थापा, उप सभामुख निर्मला बडाल जोशी सहित सभाका सदस्य, नागरिक समाजका प्रतिनिधि, कानून ब्यवसायी र पत्रकारहरुको उपस्थिति थियो ।

कार्यक्रममा राष्ट्रिय सभाको विधायन ब्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले जनताका लागि बनाइने कानून जनताकै सहभागितामा बन्नुपर्ने सिद्धान्तलाई अङ्गिकार गरेर आफु सुदूरपश्चिम सम्म छलफलका लागि आएको बताउनुभयो । सो अवसरमा बरिष्ठ अधिवक्ता तथा संविधान सभाखका सदस्य खिमलाल देवकोटाले मिडिया काउन्सिल विधेयकको अन्र्तबस्तुबारे जानकारी दिनुभएको थियो ।
विधेयकमा के विषय परिवर्तन गर्न आवश्यक छ, र भएका प्रावधान मध्ये कुन प्रावधान हटाइनुपर्छ भन्ने जस्त विषय राखेर तीन वटा समुह बनाएर सुझाव संकलन गरिएको छ । सभापति गुरुङले आउँदो हप्ता सम्म समितिमा इमेल मार्फत पनि सुझाव दिन सकिने जानकारी दिनुभएको छ । कार्यक्रम प्रदेश ममिला तथा विधायन समितिका सभापति नेपालु चौधरीको अध्यक्षतामा भएको थियो ।



बिहिबार १७, पुष २०७६ ०७:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.