धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको तयारी अन्तिम चरणमा

Yugnepal     861 पटक पढिएको    

धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको तयारी अन्तिम चरणमा


धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिग–४ को तयारी अन्तिम चरणमा पुगेको छ। कार्तिक १६ गतदेखि २६ गते सम्म संघीय प्रहरी ईकाई कार्यालय धनगढीको मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिमर चरणमा पुगेको हो। आज आयोजक सस्कार क्रिकेट एकेडेमी र मुख्य प्रायोजक निष्ट कलेज काठमाडौँले सयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी बारे जानकारी दिएका हुन्। प्रतियोगिताको ८० प्रतिशत तयारी पुरा भएको आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताए। ‘अहिले हामी मैदानलाई तयार पारिरहेका छौ,’ उनले भने, ‘तिहार अगाडी सम्म हामी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गर्ने योजनामा छौँ।’ उनले प्रतियोगितामा कैलाली, कञ्चनपुर, भत्तपुर, बाँके र काठमाडौँका १२ विद्यालयको सहभागिता रहने जानकारी दिए। विद्यालयले ४ जना खेलाडी विद्यालय बाहिरका तर १९ बर्ष मुनिका समेत राख्न पाउने छ।
पत्रकार सम्मेलनमा निष्ट कलेज काठमाडौँका संथापक प्राचार्य डाक्टर माधव प्रशाद बरालले धनगढीलाई क्रिकेटको सहरका रुपमा विकास गर्न क्रिकेटमा लगानी गरेको बताए। उनले लिटल फ्लवार प्रिमियर लिग देशभरीमै विद्यालय स्तरको उत्कृष्ट प्रतियोगिता बन्दै गएको बताए। क्रिकेट संघ सुदूरपश्चिमका अध्यक्ष हरी रेग्मीले क्रिकेट संघको अनुमती लिएर आयोजना हुने पहिलो प्रतियोगिता भएको बताउँदै प्रतियोगिताले अब्बल खेलाडी उत्पादनमा पनि विशेष भुमिका खेल्ने बताए।
प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद सहित ट्रफी र मेडर पुरस्कार पाउने आयोजक संस्कार क्रिकेट एकेडेमीका प्रवन्ध निर्देशक कलेन्द्र शाहीले बताए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ।
प्रतियोगिता लिगकम नकआउटमा फर्मेटमा सञ्चालन हुने छ। यस्तै प्रतियोगिताको आज नै खेल तालिका सार्वजनिक गरिएको छ। विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिदै आईएको छ।

 

 



बुधबार ०६, कार्तिक २०७६ ०७:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal