बौद्धनाथमा भएको आक्रमणको विरोधमा बौद्धमार्गी आन्दोलनमा

Yugnepal     925 पटक पढिएको    

बौद्धनाथमा भएको आक्रमणको विरोधमा बौद्धमार्गी आन्दोलनमा

काठमाडौँ । बौद्धनाथमा भएको आक्रमणको विरोध गर्दै नेपालस्थित बौद्धमार्गी आन्दोलनमा उत्रेका छन् । संसारका बौद्धमार्थीमाथि नै आँच आउने गरी लामा गुरु, भक्तजन र विदेशी पाउनुहरुमाथि आक्रमण गरिएको भन्दै उनीहरुले घोर भत्सर्ना समेत गरेका छन् ।

यही असोज ११ गते विश्व सम्पदा सूचीमा रहेको काठमाडौँस्थित बौद्धनाथ स्तुपामा बौद्ध तथा मेलम्ची ध्याङ गुठीसहित विभिन्न संघ संस्थाहरु आयोजित ‘चिरशान्ती पूजा’ चलिरहेको बेला एक समूले आक्रमण गरेको भन्दै बौद्धमार्गीहरुले आन्दोलित भएका हुन् । बौद्ध तथा ध्याङ गुठीले काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त घटनाको दोषीलाई कारवाहीको माग गरेको छ । गिरु रिन्पोछे भूपती ब्रज लामामाथि आक्रमण गरी घाइते बनाइनुको साथै शान्ति पूजा नै तोडफोड गरेको तर प्रहरी प्रशासनले दोषीमाथि कारवाही नगरेको भन्दै बौद्धमागीहरुले विरोध जनाएका छन् । उनीहरुले आक्रमणकारीले पूजा स्थलबाट समान लुटिएको भन्दै क्षतिपूर्तिको माग समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामाको अगुवाईमा आएको समूले गाली गलौज गर्नुको साथै ढुंगा मुडा, रडले आक्रमण गर्नुको साथै एसीड प्रहार समेत गरिएको उल्ल्ेख गरिएको छ ।  

“बौद्धनाथको ऐतिहासिक प्राङ्गणमा ११ गतेका दिन बौद्ध तथा मेलम्ची घ्याङ गुठी एवं विभिन्न संघ संस्थाद्वारा आयोजित भव्य चिरशान्ती पूजामा केही बौद्धबास सिण्डिकेटधारी मान्छेहरुको हुलसले नासाहित गाली गलौज ढुंगा मुडा, रड, एसिड प्रहार गर्दै क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजीत लामासहितको समूहले हाम्रा लामा गुरु, देश विदेशबाट आएका पाहुना, भक्तजना संचारमाध्यम गर्नुको साथै गुरु रिन्पोछे भूपति बज्र लामामाथि भौतिक आक्रमण गरी घाइते बनाइयो, शान्ति पूजा नै तोडफोड गरी राष्ट्र राष्ट्रियता र संसारका बौद्धमार्गीमाथि नै आँच आउने गरी घटाइएको घटनाप्रति घोर भत्सर्ना गर्दछौं । त्यस्ता अपरधा गर्ने व्यक्तिहरुलाई कारवाही गर्नुको साटो उल्टै प्रहरीले प्रोत्सान दिईएको छ, बौद्ध प्रहरीको उक्त कार्यप्रति पनि आपत्ति जनाउँदै कारवाहीको माग गर्दछौं । घटनाका घाइतेको उपचार र लुटिएका समानको क्षतिपूर्ती सँगै घटनामा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।

पत्रकार सम्मेलनमा बौद्धमार्गीहरुले घाइतेको उपचार, लुटिएको समानको क्षतिपूर्ती, विश्व शान्ति बौद्ध स्तुपा परिसरभित्र नारा जुलुस, गाली, गलौजजस्ता अवाञ्छनीय गतिविधि निषेध घोषणा गरिए, हजारौं वर्ष पुरानो इटा तथा छोकसिन प्राण प्रतिस्ठानले  रक्त चन्दनको काठ चोरी गरी बिक्री गरेकोले कारवाही गरियोस्, स्तुपाको उपल्लो माथिल्लो भागमा विदेशी चिनिया भिक्षुको मानव अस्तु हालिएको र चाडोभन्दा चाडो निकाल्नको लागि पहल गरियोस्, इतिहासलाई तोडमोड गर्ने गरी स्तुपा परिसरभित्र अनाधिकृत  समेत राखेका छन् ।  

बौद्ध तथा मेलम्ची घ्याङ गुठीको आन्दोलनमा निरज गोले अध्यक्ष भएको ह्याङ्ला ह्युल्सा गुम्बासहित ३० संघ संस्थाहरुको सहभागीता रहेको छ । उनीहरुका प्रमुख तथा प्रतिनिधिहरुले विज्ञप्तिमा हस्ताक्षर समेत गरेका छन् ।गुठीका सल्लाहकार मनिष गङ्वा ९लामा० ले स्तुपामै पूजा स्थलमै आक्रमण गरेर संसारका बौद्धमार्गीलाई लज्जित बनाएको बताएका छन् । उनले आक्रमणकारीलाई कारवाहीको गर्नुपर्ने माग गरे ।

सरकारले असार ७ गते बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख चिनिया लामा रिम्पोछे भूपति बज्र लामालाई नियुक्त गरेको थियो ।



शुक्रबार १७, असोज २०७६ १२:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.