बालिकासहित ५ जनाको शव फेला, एकले अर्कोलाई बचाउने क्रममा मृत्यु भएको अनुमान

Yugnepal     851 पटक पढिएको    

बालिकासहित ५ जनाको शव फेला, एकले अर्कोलाई बचाउने क्रममा मृत्यु भएको अनुमान

बारा । बाराको फेटा गाँउपालिकामा एक बालिकासहित ५ जनाको शव फेला परेको छ । फेटा गाँउपालिकाको वाड नम्बर ४ मा बुधबार साँझ आठ बजे अवैध घरेलु रक्सी उत्पादन गर्ने ठाउँमा उनिहरुको शव फेला परेको हो ।

मदिरा उत्पादन गर्नका लागि तयारी गर्ने कच्चा पदार्थको लागि बनाईएको टयांकीलाई हिटरले सुकाउने क्रममा पांचै जनाको मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

बाराको फेटा गाउँपालिका ४ बतरामा करेन्ट लागेर स्थानीय ४० वर्षीय जोगा भन्ने जोगिन्द्र मुखिया बिन, उनकी श्रीमती ३८ वर्षीया लालमुनी देवी, १० वर्षीया छोरी सुमनी कुमारी, जोगाका भाइ अन्दाजी ३५ वर्षीय महेन्द्र मुखिया बिन र भारतको पुर्वी चम्पारण मोतिहारी जिल्ला बैकुण्ठधाम बउकठवा निवासी ५५ वर्षिय बाबा भन्ने गुलाबचन सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मदिरा उत्पादन गर्नको लागि कच्चा पदार्थ तयारी गर्ने सिमेन्टले बनाईएको टयांकीलाई हिटरले सुकाउनको लागि बिजुली जडान गर्ने क्रममा पांचै जनाको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । बिजुली जडान गर्ने क्रममा करेन्ट लागेर एकले अर्कोलाई बचाउने क्रममा पांचै जनाको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

मदिरा उत्पादनको लागि बनाईएको दुई वटा टयांकी मध्ये एउटा टंयाकीमा कच्चा पदार्थ र पांचै जनाको शव फेला परेको अर्को टयांकीमा हिटर जडान गरी टयांकीलाई सुकाउने क्रममा घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

स्थानीय बासिन्दाहरुको अनुसार घटना बुभबार सांझ ७ बजे भएको अनुमान गरिएपनि मृतक मुखियाका करिब ७(८ वर्षिय छोरा राहुल मुखिया रुन थालेपछि ८ बजे राति थाहा पाएको स्थानीय गाँउलेहरुले स्थलगत समाचार संकलनको क्रममा जानकारी दिएका छन ।

स्थानीयका अनुसार मृतक मुखिया छोरा राहुलले गांउबाट खेलेर घरमा पुग्दा आमा, बुवालाई केही भएको भन्ने बारे रुंदै जानकारी गराएपछि आफुहरुले घटनाको बारेमा प्रहरीलाई खबर गरेको जानकारी दिएका छन ।

करेन्ट लागेर वा अन्य कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भैरहेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए। ४(५ फिट गहिरो खाल्डोमा मदिरा उत्पादन गर्नका लागि बनाईएको टयांकीमा पाँचै जनाको शव फेला परेको प्रहरी उपरीक्षक खनालले बताए ।

शवलाई पोष्टमार्टमका लागि बाराको कलैया अस्पतालमा लगिएर र पोष्टमार्टम गरिएको प्रहरी उपरिक्षक खनालले बताए । पोष्टमार्टम रिपोर्ट आउन बाकी रहेको उनले बताए ।



बिहिबार १६, असोज २०७६ १२:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal