आदिशंकराचार्यद्वारा देवीको उपासना
आदि शंकराचार्यले त्रिपुरसुन्दरी देवीको उपासना गर्नु भएको थियो तथा उहाँलाई मुकांबिका देवी अनि सरस्वती देवीको वरदहस्त थियो । उहाँले तीन वर्षको आयुमा देवी भुजंगस्तोत्रको रचना गर्नुभयो तथा विभिन्न प्रकारले देवीको वर्णन गर्नुभयो । उहाँले ब्रह्मसूत्रादि विपुल लेखन गर्नुभयो तथा देवीको उपासनामा आधारित सौंदर्यलहरी नामक ग्रन्थको रचना गर्नुभयो । माता सरस्वतीले आदि शंकराचार्यलाई कश्मीर स्थित शारदा पीठमा स्थानापन्न हुन आदेश दिनु भएको थियो । सम्पूर्ण भारतभ्रमण गर्ने समय अन्नपूर्णा देवी आदि शंकराचार्यको भोक पूर्ति गर्नुहुन्थ्यो । यस प्रकार आदि शंकराचार्यमा देवीको कृपा थियो, यस्तो प्रमाण उहाँको चरित्रबाट मिल्दछ ।
छत्रपति शिवाजीद्वारा श्री बगलामुखी देवीको यज्ञ
हिन्दवी स्वराज्यको संस्थापक छत्रपति शिवाजी महाराजको कुलदेवी तुलजापुरको श्री भवानीदेवी हुनुहुन्थ्यो । जय भवानी र हर हर महादेवको नारा लगाउँदै छत्रपति शिवाजी महाराज र उहाँको सैनिकहरु शत्रुसँग युद्ध गरिरहेको थियो । शत्रुसॅंग युद्ध गर्नको लागि नै श्री भवानीमाता प्रसन्न भएर शिवाजी महाराजलाई भवानी तलवार प्रदान गर्नभएको थियो । यहि तलवारको बलमा उहाँले शाहिस्तेखानको औंला काट्नु भएको थियो । छत्रपति शिवाजी महाराज जीर्ण मन्दिरहरुको जीर्णोद्धार गर्नुहुन्थ्यो र मन्दिरको सुव्यवस्थाको लागि धन दिनुहुन्थ्यो ।
देवताहरुको उपासना अन्तर्गत उहाँले समय(समयमा विभिन्न प्रकारका यज्ञयाग पनि गर्नु भएको थियो । मिर्जा राजा जयसिंहले शिवाजी महाराजलई पराजित गरि उहाँलाई बन्दी बनाउनको लागि सहस्र चण्डी याग गर्नुभयो । यसको उद्देश्य थियो शिवाजी महाराजलाई बन्दी बनाउनको लागि न्यूनतम यति पुण्य त उसॅंग हुनु पर्दथ्यो । बहिरजी नाईक नामक गुप्तचर प्रमुखबाट शिवाजी महाराजलाई यो जानकारी प्राप्त भयो तब त्यसलाई काट्नको लागि छत्रपतिले तुरुन्तै श्री बगलामुखीदेवीको याग गर्नुभयो । तत्पश्चात शिवाजी महाराज अनि मिर्जा राजाको प्रत्यक्ष भेट भयो र समझौता भयो । तत्पश्चात औरंगजेबलाई मिलन जादा उनले फसाएर आगरामा शिवाजी महाराजलाई बन्दी बनाए। तब फल र मिठाईको टोकरीमा लुकेर शिवाजी महाराज र संभाजी महाराज किलाबाट बाहिर शत्रुको नियन्त्रणबाट बाहर निक्लिए। श्री बगलामुखीदेवीको कृपाबाट छत्रपति कारागृहबाट सकुशल मुक्त हुन सके।
सनातन संस्थाद्वारा शक्ति उपासना
सनातन संस्था कालानुसार आवश्यक देवीको उपासना गर्न सिकाउँदछ । यहाँ श्री दुर्गादेवीको नामजप गर्नको लागि भिनिन्छ । यस उपासनामा श्री दुर्गादेवी र श्री लक्ष्मीदेवीको सात्त्विक चित्र र नामजप पट्टिहरुको उपयोग गर्नको लागि भनिन्छ । देवीतत्त्वले युक्त कुमकुम पनि उत्पादनमा उपलब्ध गराएको छ । देवीतत्त्वको अधिक जानकारीको लागि देवीको उपासनासँग सम्बन्धित ‘शक्तिको परिचयात्मक विवेचन’, ‘शक्तिको उपासना’ यी ग्रन्थ तथा ‘शक्ति’ अनि ‘देवीपूजनका अध्यात्मशास्त्र’ यी दुई लघुग्रन्थ पनि उपलब्ध छ । कालानुसार आवश्यक श्री दुर्गादेवीको मूर्ति पनि बनार्इ रहेको छ । सनातनको आश्रममा दिनमा दुई पटक महर्षिले भन्नु भएको अनुसार देवीकवच लगाइन्छ ।
सत्य, द्वापर र त्रेतामा
त्रेतायुगमा प्रभु श्रीरामले नवरात्रीको अवधिमा देवीको उपासना गर्नुभयो र देवीको कृपाशीर्वादबाट नै विजयादशमीमा रावणको वध गर्नुभयो ।
द्वापार युगमा पनि भगवान श्रीकृष्णको प्रेरणाबाट अर्जुनले महाभारत युद्ध आरम्भ हुन भन्दा पहिला श्री दुर्गादेवीको शरणमा गएर प्रार्थना गरे। श्री दुर्गादेवी प्रसन्न हुनु भएर अर्जुनलाई विजयश्रीको आशीर्वाद दिनुभयो । श्री दुर्गादेवीको कृपाबाट कवच धारण गरि अर्जुनले महाभारतको युद्ध गरे तथा विजय प्राप्त गरे ।
त्वष्टा ऋषि, मार्कंडेय ऋषि देवीको उपासक ऋषि हुनुहन्थ्यो तथा भक्त सुदर्शन शक्ति उपासक राजा हुनुहुन्थ्यो । आम जनतामा त्र्यंबकराज, नवीनचन्द्र देवीको परम भक्तहरु हुनुहुन्थ्यो ।
जिज्ञासु र मुमुक्षुको प्रतीक पार्वतीदेवी
पार्वतीमाता भगवान शिवकी अर्धांगिनी हनुहुन्छ, तथापि शिवजीबाट रहस्यमय ज्ञान प्राप्त गर्ने समय पार्वतीको भूमिका कुनै जिज्ञासु समान प्रतीत हुन्थ्यो । तीव्र जिज्ञासावश उहाँलाई भोख(प्यास र निद्राको बारे भान पनि हुँदैन थियो । ज्ञानप्राप्तिको लालसामा उहाँले भगवान शिवलाई अनेक प्रश्नहरु सोध्नुहुन्थ्यो । त्यसकारण पुराणमा शिव(पार्वती बीचको वार्तालाप अथवा उहाँहरु बीच संभाषणको उलेख छ । पार्वती स्वयं आदिशक्ति हुनुहुन्छस तर गुरुसमान शिवजीबाट ज्ञानार्जन गर्नको लागि जिज्ञासु र मुमुक्षुको साक्षात स्वरूप बन्नुहुन्छ । त्यसैले भगवान शिवले पार्वती देवीलाई तन्त्रशास्त्रको गूढ ज्ञान प्रदान गर्नुभयो ।
कठोर तपस्या गर्ने पार्वती महान तपस्विनी हुनुको कारण उहाँलाई अपर्णा र ब्रह्मचारिणीको नामबाट सम्बोधित गरिन्छ । ऋषिमुनि जुन प्रकार कठोर तपस्या गरि ईश्वरलाई प्रसन्न तुल्याएझैं, त्यस्तै कठोर तपस्या पार्वती माताले शंकरजीलाई प्रसन्न गर्नको लागि गर्नु भएको थियो । पार्वती हिमालयन राजाको छोरी र राजकुमारी हुनुहुन्थ्यो । उहाँ सुन्दर र सुकोमल हुनुहुन्थ्यो । उहाँको भगवान शिवलाई प्रसन्न गर्ने दृढ निश्चय थियो । त्यसैले उहाँले देहको चिन्ता नगरि हिउँले ढाकेको प्रान्तमा विशिष्ट मुद्रा धारण गर्नुभई दीर्घ कालसम्म तपस्या गर्नुभयो । उहाँको तपस्या यति उग्र थियो कि त्यसबाट उत्पन्न ज्वालाहरु सम्पूर्ण ब्रह्माण्डमा फैलिरहेको थियो अनि स्वर्गमा अधिकार प्राप्त गरेको तारकासुरलाई पनि भयभीत तुल्याउने थियो । पार्वतीलाई मार्न नजिक आएका तारकासुरको सैनिकहरुलाई शक्ति सहन भएन तथा उनीहरु भस्मसात भए । नवदुर्गामा ब्रह्मचारिणीको रूप हातमा जपमाला लिएर तापसी वेश धारण गरिएको तपस्यारत पार्वतीको नै प्रतीक हो । पार्वतीलाई अपर्णा र ब्रह्मचारिणीको नामबाट पनि सम्बोधित गरिन्छ ।
दुर्गमासुर र महिषासुर दैत्यको संहार
सदैव तपस्वी जीवन व्यतीत गर्ने र सौम्य रूप धारण गर्नुहुने पार्वतीदेवी आवश्यकतानुसार देवता अनि ब्रह्माण्डलाई आसुरी शक्तिको कष्टबाट सुरक्षित गर्नको लागि उग्र रूप धारण गर्नुभयो । यस्ता धेरै उदाहरणहरु पुराण भेटिन्छन् । ब्रह्मदेवबाट अजेय हुनुको साथ चार वेद प्राप्त गर्ने दुर्गमासुरको कारण धर्ममा ग्लानि आएको थियो अनि सर्वत्र अधर्म प्रबल भएको थियो । यस्तो अवस्थामा देवताहरुको शक्ति कमजोर भएको थियो । तब दुर्गमासुरलाई केवल स्त्री शक्तिले नष्ट गर्न सक्दथ्योस किनकि अन्य देवताहरुबाट वध नहुने वरदान दुर्गमासुरलाई प्राप्त थियो । तब पार्वतीले आदिशक्तिको स्वरूप प्रगट गर्दै श्री दुर्गादेवीको रूप धारण गर्नुभयो अनि दुर्गमासुरसँग घनघोर युद्ध गरि उनको वध गर्नुभयो । यस प्रकार अपराजित योद्धा अनि बलवान आसुरी शक्तिले युक्त महिषासुरको वध गर्नको लागि पार्वती, लक्ष्मी अनि सरस्वती यी तीन देविहरुको शक्ति एकत्र भएर महिषासुरमर्दिनी देवीको उत्पत्ति भयो । मायावी शक्तिको सहायताले युद्ध गर्ने महिषासुरलाई पराजित गरि देवीले उनको शिरच्छेद गर्नुभयो । यसरी नै पार्वतीले चामुण्डा रूप धारण गरि चंड(मुंड दैत्यको संहार गर्नु भयो अनि कालीको रूप धारण गरि असंख्य असुरहरुको वध गरि देवताहरुलाई अभयदान दिनुभयो ।
शताक्षी र शाकम्भरी रूप
दुर्गमासुरले वेदलाई नरकमा लगे तथा बन्धक बनाए, जसले धर्म लुप्त भयो । यज्ञयाग र उपासना खण्डित हुनुको कारण देवताहरुलाई उहाँहरुको भागको अन्न प्राप्त हुन रोकियो । त्यसैले देवताहरुको शक्ति पनि कमजोर हुन गयो । देवताहरुलाई पृथ्वीमा कृपावर्षा रोकियो, जसले पृथ्वीमा भयानक अनिकाल भयो । नदी, झरना, जल स्रोतहरु सूख्खा भयो । पृथ्वीको जीवहरुका दुर्दशा देखेर महिषासुरमर्दिनी माताको आँखामा पानी आयो र यसले शताक्षी देवीको उत्पत्ति भयो । एक सय लोचन अर्थात सय आँखाहरु धारण गर्नुभएको देवीको आँखाबाट बगेको अश्रुधारा पृथ्वीमा आइपुग्यो र नदिहरुको रूप धारण गर्यो । यस प्रकार सर्वत्र जल उपलब्ध भयो । तत्पश्चात देवीको अंशबाट शाकम्भरी देवीको उत्पत्ति भयो, जसको कृपाबाट पृथ्वीमा सर्वत्र सग अर्थात हरीयो तरकारीहरु तथा अन्य तरकारीहरु उत्पन्न भयो । यस प्रकार पृथ्वीको जीवहरुको लागि पानी र साग उपलब्ध भई पृथ्वी अकालको संकटबाट मुक्त भयो ।
सन्दर्भ स् दैनिक सनातन प्रभात
प्रतिकृया दिनुहोस