महरामाथि निष्पक्ष छानविन हुनुपर्छस् कांग्रेस महामन्त्री कोईराला

Yugnepal     1000 पटक पढिएको    

महरामाथि निष्पक्ष छानविन हुनुपर्छस् कांग्रेस महामन्त्री कोईराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डां शशांक कोईरालाले कृष्णबहादुर महरा माथि लागेको बलात्कारको आरोपको निष्पक्ष किसिमले छानविन हुनु पर्ने बताएका छन्। उनले यो गंभिर मुद्दा भएकाले स्वतन्त्र र निष्पक्ष छानविन हुनु पर्ने बताएका हुन्।

जनताको सार्वभौम संसदको प्रमुख जस्तो व्यक्तीमाथि यस्तो गंभिर आरोप लाग्दा निष्पक्ष छानविन आवश्य रहेको बताएका हुन्। जनताको भरोसाको केन्द्र संघिय संसदका प्रमुखमाथि लागेको आरोप स्वतन्त्र छानविन हुनुपर्ने उनले बताए। जनताको विश्वास र भरोसा तोड्न नदिन पनि उचित छानविन हुनपर्ने उनले बताए।

नेपाल प्रेस यूनियन, काठमाडौं शाखाले मंगलबार आयोजना गरेको ‘नागरिक अधिकार कार्यान्वयन र नेपालको संविधान’ विषयक अन्तरक्रिया कार्यक्रममा महामन्त्री डा। कोइरालाले उक्त कुरा बताएका हुन्।

निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथि समसद सचिवालयकी कर्मचारीले बलात्कारको आरोप लगाएकी हुन्। महराले सभामुख पदबाट राजिनामा गरिसकेका छन्।



मङ्गलबार १४, असोज २०७६ ०२:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal