कांग्रेस सभापतिहरुद्वारा सभामुख महरालाई कारबाहीको माग

Yugnepal     756 पटक पढिएको    

कांग्रेस सभापतिहरुद्वारा सभामुख महरालाई कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापतिहरुले  जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई कारबाहीसहित राजीनामाको माग गरेका छन् ।

काठमाण्डौमा उपलब्ध कांग्रेस सभापतिहरुले दिउँसो तीन बजे बैठक गरि संयुक्त धारणा समेत सार्वजनीक गर्ने तयारी गरेका छन् । यसका लागि उनिहरु शैलजा आचार्य अध्ययन प्रतिष्ठानमा छलफलमा जुट्न लागेको कांग्रेस मुगुका सभापति खड्गबहादुर शाहीले बताए ।  

 जबर्जस्ती करणीको आरोप लागेका सभामूख महराले तुरून्त राजीनामा दिन उनिहरुको माग रहेको छ । कांग्रेस साभपतिहरुले जिल्ला जिल्लाबाट बक्तब्य निकालेर विरोध जनाउने  जनाएका छन् । उनिहरुले घटनाको छानविन गर दोषीलाई प्रचलित कानून बमोजिम सजाँयको माग गरेका छन् ।

जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराका बिषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

सभामुख महराले आफ्नो पदीय मर्यादा विपरित संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन्। आइतवार साँझ ती महिला कर्मचारी स्नेहा ९नाम परिवर्तन०ले सभामुख महरालाई तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी हुन्।

सभामुख महराको विभिन्न पार्टी, सांसद तथा आमनागरिकले राजीनामाको माग गरिरहेका छन् ।



मङ्गलबार १४, असोज २०७६ ११:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal