काठमाडौं । नेपाल–भारतबीचको वाणिज्य सन्धि पुनरावलोकनका लागि तेस्रो चरणको बैठक बिहीबारबाट भारतको नयाँ दिल्लीमा सुरु हुँदैछ ।
नेपालको बढ्दो व्यापार घाटा रोक्न भारतीय बजारमा सहज पहुँच, गैरभन्सार अवरोध न्यूनीकरण, नाकामा पूर्वाधार सुधार लगायतका एजेन्डामा छलफल गर्ने गरी बैठक हुन लागेको हो ।
दुई दिने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले नौ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दैछन् ।
बैठकले गत फागुनमा पोखरामा भएको समितिको दोस्रो बैठकमा भएका एजेन्डाहरुलाई अन्तिम रुप दिन सक्ने बुझिएको छ ।
भारतबाट नेपालमा व्यापार हुँदा कुनै परीक्षण नहुने तर नेपालबाट भारतमा जाँदा भने परीक्षण गर्नुपर्ने असमानता अन्त्यको विषयमा पनि कुरा उठ्न सक्नेछ ।
भारतबाट नेपाल आउने तरकारी, फलफुल लगायतका खाद्यान्ह परीक्षण गर्ने सम्बन्धमा यसअघि पहल भए पनि सरकार पछि हटेको थियो ।
प्रतिकृया दिनुहोस