नेविसंघको चियापान कार्यक्रममा सेनेटरी प्याड वितरण

Yugnepal     944 पटक पढिएको    

नेविसंघको चियापान कार्यक्रममा सेनेटरी प्याड वितरण

सर्लाही  । सर्लाहीको पूर्व पश्चिम राजमार्ग स्थित लालबन्दी नगरपालिका ९ मा रहेको जनज्योती बहुमुखी क्यामपसलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ । बुधबार नेपाल विद्यार्थी संघ जनज्योती बहुमुखी क्याम्पस ईकाइ समितिको आयोजनामा हिन्दुहरुको महान पर्व विजयादशमी , शुभ दिपावली तथा छठ पर्वको पुर्व सन्ध्यामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमका बिच सेनेटरी प्याड हस्तारन्तरण गरिएको हो ।

संघका इकाई सभापति सुमितराज काफे्लेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति प्रशान्त आचार्य, नेपाली काँग्रेसका निर्वाचित जनप्रतिनिधि , क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, नेपाल विद्यार्थी संघ जिल्ला स्तरीय नेता कार्यकता, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

क्याम्पसमा अध्ययनरत छात्रा महिनावारी भएका बेला पढ्न नआउने गरेका र सहजताका लागि प्याड हस्तान्तरण गरिएको क्याम्पस इकाई सभापति सुमितराज काफ्लेले बताए। महिनावारीका समयमा क्याम्पसमै प्याड पाईने भएपछि छात्राहरु नियमित विद्यालय आउने विद्यार्थी नेता युवराज देवकोटाले विश्वास व्यक्त गरे ।

कार्यक्रममा मन्तव्य राख्दैँ सभापति काफ्लेले आगामी दिनमा क्याम्पसमा प्याडको कमी हुन नदिन प्याड सहयोग गर्ने बताए। आजै नेपाल विद्यार्थी संघ जनज्योती बहुमुखी क्याम्पस इकाईका सभापति सुमितराज काफ्लेले एक कार्यक्रमका बिच नवजीवन उच्च माध्यमिक विद्यालयमा पनि सेनेटरी प्याड वितरण गरेका छन्।



बुधबार ०८, असोज २०७६ ०१:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal