सुदूरपश्चिममहोत्सव हेलिकोप्टरबाट धनगढी खप्तडको अवलोकन गराइने

Yugnepal     863 पटक पढिएको    

महादेव गिरी ,धनगढी, २३माघ ।
धनगढीमा जारी सुदूरपश्चिममहोत्सवमा हेलिकोप्टर चढेर धनगढी र धार्मीक पर्यटकीय क्षेत्र खप्तडको अवलोकनगर्न पाइने ब्यवस्थागरिएको छ ।
महोत्सवआयोजककैलालीउद्योग बाणिज्य संघले हेलिकोप्टर चढेर धनगढी र खप्तडको अवलोकनगर्ने व्यवस्था गरेको हो । महोत्सवफागुन २ गतेसम्म सञ्चालनहुनेछ ।
सोमबारदेखि धनगढीस्थित संघीय इकाइप्रहरी कार्यालयको मैदानमा सुरु भएको सुदूरपश्चिममहोत्सवमामंगलबारदेखि हेलिकप्टर चढेर धनगढीको अवलोकनगर्ने ब्यवस्थागरिएको छ भने आजबुधबारदेखि धार्मीक पर्यटकीय क्षेत्र खप्तडको अवलोकनगर्ने ब्यवस्थागरिएको कैलालीउद्योग वाणिज्य संघका अध्यक्षपुष्पकुँवरले बताए ।
संघले हरेक वर्ष आयोजनागर्ने सुदूरपश्चिममहोत्सवमा यो वर्ष अन्यवर्षको भन्दाभिन्नतवरले महोत्सवमनाउने निर्णय अनुसार हेलिकप्टर चढेर धनगढी र खप्तडको अवलोकनगर्ने ब्यवस्थागरेको अध्यक्षकुँवरको भनाई छ । जारी सुदूरपश्चिममहोत्सव कैलालीउद्योग वाणिज्य संघको १३ संस्करण हो ।
मंगलबार १८ जनाले हेलिकप्टरबाट धनगढीको अवलोकन गरेको र १२ जनाले खप्तडका लागिबुकिङ गरेको कैलालीउद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्षपुष्करराजओझाले जानकारी दिए ।
हेलिकप्टरबाट धनगढी अवलोकनगर्न प्रतियात्रीएकपटकलाई चार हजार र खप्तडका लागि ३० हजार शुल्कतोकिएको छ । अवलोकनकालागि संघले माउन्टेन हेलिकप्टर्स प्रालिको छ सिटे हेलिकप्टर धनगढीमा तयारी अवस्थामा राखेको छ ।
फोटो क्याप्सन ः सुदूरपश्चिममहोत्सवमा धनगढी र खप्तड अवलोकनकालागिल्याइएको हेलिकप्टर ।



बुधबार २३, माघ २०७५ ११:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.