काठमाडौं । काठमाडौंमा भइरहेको तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आइतबार नेपालले भुटानसंग खेल्दैछ ।
पहिलो खेलमा माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको नेपालले समूहको अन्तिम खेलमा भुटानसंग खेल्न लागेको हो ।
हलचोकस्थित एपीएफको मैदानमा दिउँसो ३ बजे सुरु हुने खेल जिते नेपाल सेमिफाइनलमा पुग्नेछ ।
भुटान प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ ।
बराबरी वा हारको नतिजाले अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बन्नेछ ।
नेपालले यसअघिका दुई वटै संस्करण जितेको थियो ।
प्रतिकृया दिनुहोस