युरोपा लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेडको जित, अन्य नतिजा यस्तो छ

Yugnepal     776 पटक पढिएको    

युरोपा लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेडको जित, अन्य नतिजा यस्तो छ

काठमाडौं । युरोपा लिग फुटबलमा इंगलिश प्रिमियर लिग क्लब आर्सनल र म्यान्चेस्टर युनाइटेडले सफल सुरुवात गरेका छन् । जर्मन क्लब फ्रान्कफर्टलाई हराउँदै आर्सनलले सफल सुरुवात गरेको हो ।

फ्रान्कफर्टको घरेलु मैदानमा आर्सनल ३–० गोल अन्तरले विजयी भयो । युवा खेलाडीहरुले आर्सनललाई जिताए । 

एकेडेमीका खेलाडी जो विलोक र बुकायो साकाले गोल गर्दै आर्सनललाई सहज जित दिलाएका हुन् ।

खेल सकिन तीन मिनेट अघि पियरी एम्रिक अबुमियाङले गोल गर्दै आर्सनललाई सहज जित दिलाए ।
त्यसैगरी म्यान्चेस्टर युनाइटेडले काजखस्तानको एफसी अस्तानालाई १–० गोल अन्तरले हराएको छ ।

समूह एलको खेलमा जित निकालेको युनाइटेडको जितमा युवा खेलाडी मासन ग्रिनउडले सिनियर टिमबाट पहिलो गोल गर्दै घरेलु मैदानमा जित दिलाएका हुन् ।

अन्य खेलको नतिजा
अपोइल निकासोसिया ३–४ डुडेलांगे 
काराबाग ०–३ सेभिया
डाइनामो किभ १–० माल्मो एफएफ
एफसी कोबेनहाभन १–० लुगानो
बाजल ५–० एफसी कास्नोदर
गेटाफे १–० ट्राब्जोन्सपर
एलएएसके १–० रोजनबर्ग
पीएसभी आइन्डहोभन ३–२ स्पोर्टिङ सीपी
सीएफआर क्लुज २–१ लाजियो
रेन्नेस १–१ सेल्टिक
लिज २–० भिक्टोरिया
एफसी पोर्टो २–१ यंग ब्वाइज
रेजन्र्स १–० फेयनुर्ड
स्पानियोल १–१ फेरेनआरोस
लुडोगोरेट्स राजगार्ड ५–१ सीएसकेए मस्को 
गेन्ट ३–२ सेन्ट इटिन्ने
वुल्फ्सबर्ग ३–१ ओलेकसान्द्रिय
बोरुसिया मोन्चेनग्लाडबाच ०–४ वुल्फ्सबर्गर एसी
एएस रोमा ४–० इस्तानबुल बासकसेहिर
स्लोभान ब्रातिस्लाभ ४–२ बेसिक्तास
वुल्भरह्याम्पटन वान्डरर्स ०–१ ब्राग
पार्तिजान बिओग्राड २–२ एजेड अल्कमार



शुक्रबार ०३, असोज २०७६ ०१:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal