सदनमा सभामुख क्याप्टेन नभइ सरकारको गोलकिपर : गगन थापा

Yugnepal     842 पटक पढिएको    

सदनमा सभामुख क्याप्टेन नभइ सरकारको गोलकिपर : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको अलोकतान्त्रिक र असंवैधानिक गतिविधिलाई रोक्न नेपाली कांग्रेसले सडक र सदनलाई एकाकार बनाउनुपर्ने धारणा राखेका छन् ।

 नेपाल प्रेस युनियनले बिहीबार गरेको अन्तरक्रियामा उनले भने,‘सदन  र सडकलाई एकाएर गरेर अघि बढ्दा सरकार आफनो निर्णयबाट पछि हट्न बाध्य हुन्छ भन्ने सरकारले गुठी विधेयक फिर्ता लिएको घटनाबाट प्रष्ट्र हुन्छ।ु अब कांग्रेसले सदन र सडकलाई एकाकार बनाउनु पर्ने बेला आएको उनको भनाई थियो ।

सदनमा सभामुखको भुमिका क्याप्टेनको रुपमा नभइ सरकारको पक्षमा गोलकिपरको भुमिकाको रुपमा देखिएको बताउदै सभामुखको यस्तो भुमिकाले सरकारलाई सजिलो भएको उनले बताए ।  उनले भने, सभामुखको यस्तो व्यवहारको कारणले सरकारले सांसदले उठाएका सानो साना प्रश्नको जवाफ पनि दिने गर्दैन।ु

सभामुखले संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्न सरकारलाई कडा निर्देशन दिनु पर्नेमा उल्टै सरकारलाई असहयोग नगर्न संसदीय समितिलाई निर्देशन दिएको उनले चर्चा गरे ।
 
साथै कांग्रेसका नेता भिमसेनदास प्रधानले सदनमा सभामुखले निभाएको भुमिकाको आलोचना गरे । सभामुखले सदनमा निष्पक्ष भुमिका नभइ सरकारको प्रवक्ताको रुपमा देखिएको उनले बताए ।

 उनले भने,‘यो भनेको सभामुखमा संसदीय अनुभव भएको देखिएन । संसदमा पनि कम्युनिष्ट व्यवहार देखाउनु भयो।आगामि दिनमा नेपाली कांग्रेसले संसदमा अरु प्रभावकारी भुमिका निभाउने उनले प्रतिबद्धता व्यक्त गरे। 



शुक्रबार ०३, असोज २०७६ ११:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.