बाह्रवन दोस्रो आमन्त्रीत गौरीगंगा कप २०७५ को आयोजना हुने

खेलकुद

Yugnepal     1118 पटक पढिएको    

बाह्रवन दोस्रो आमन्त्रीत गौरीगंगा कप २०७५ को आयोजना हुने

बाह्रवन दोस्रो आमन्त्रीत गौरीगंगा कप २०७५ को आयोजना हुने
युग नेपाल धनगढी फागुन २१


खेलकुदको बिकासमा सहकार्य गरि गौरीगंगा नगरपालीका र सिङ्गो सुदुर पश्चिमलाई खेलकुद पर्यटनको रुपमा बिकास गरौ भन्ने उद्धेश्यले  कैलालीको गौरीगंगा नगरपालिकामा  बाह्रवन दोस्रो आमन्त्रीत गौरीगंगा कप २०७५ हुने भएको छ ।

आज धनगढीमा पत्रकार सम्मेलन गरि गौरीगंगा ११ स्पोर्ट क्लवको आयोजनामा यही फागुन २५ देखी चैत ४ सम्म सञ्चालन हुने जानकारी दिएको हो ।

खेलकुदको बिकासले नै सभ्य समाज र सामाजिक बिकासमा पृथक अभ्यास थप्न सकिन्छ भन्ने उद्धेश्यले प्रथम आमन्त्रीत गौरीगंगा कपको सफलता पछि दोस्रो आमन्त्रीत गौरीगंगा कपको आयोजना गरेको आयोजकले कल्बका अध्यक्ष दिनेश कलेलले बताउनुभयो ।

यस प्रतियोगितामा कुल  १६ वटा टिमको सहभागी हुने आयोजकले जनाएको छ । करिब साढे २६ लाखको लागतमा खेलको  बिजेताले ३ लाख र उपबिजेताले १ लाख ५० हजार सहित कप,प्रमाण पत्र र मेडल पुरस्कार प्राप्त गर्ने जनाएको छ ।

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट रक्षक,उदयमान खेलाडी उत्कृष्ट फरवार्डलाई  जनहि ,१०÷१० हजार, र म्यान अफ द म्याच लाई २ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको  छ । 



मङ्गलबार २१, फागुन २०७५ ०५:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal