काठमाडौं । भारतीय क्रिकेट ब्याट्सम्यान एवं कप्तान विराट कोहलीले नियमित जसो विश्व कीर्तिमान रच्दै आएका छन् ।
उनले पछिल्लो समय एउटा उत्कृष्ट कीर्तिमान बनाएका छन् तीन वटै फर्मेटको खेलमा । उनले टेष्ट, एक दिवसीय र टी–२० मा ५० भन्दा बढीको रन रेटमा रन जोड्ने कीर्तिमान बनाएका छन् ।
उनी तीन वटै फर्मेटमा ५० भन्दा माथिको औसतमा रन जोड्ने विश्वका एकमात्र खेलाडी हुन् ।
बुधबार राति दक्षिण अफ्रिकाविरुद्धको टी–२० को दोस्रो खेलमा नटआउट ७२ रन बनाएपछि कोहलीले यो रेकर्ड आफ्नो नाममा लेखाएका हुन् ।
उनले टेष्टमा ५३।१४, एक दिवसीयमा ६०।३१ र टी–२० मा ५०।५८ को औसतमा रन बनाएका छन् ।
७९ टेष्ट खेल्दै कोहलीले ६७४९ रन बनाएका छन् । एक दिवसीयमा २३९ खेलबाट ११५२० रन बनाएका कोहलीले ७१ टी–२० मा २४४१ रन बनाएका छन् ।
कोहलीले २२ पटक ५० प्लस रन जोडेका छन् । यो पनि कीीतृमन नै हो । उनले भारतकै रोहित शर्माको २१ अर्धसतकको कीर्तिमान भंग गरेका हुन् ।
तेस्रो स्थानका मार्टिन गुप्लिटको १६ अर्धसतक छ ।
प्रतिकृया दिनुहोस