धनगढीमा ग्रयान्ड अस्टेलियन एण्ड क्यानडा एजुकेशन सेमिनार सम्पन्न

Yugnepal     870 पटक पढिएको    

धनगढीमा ग्रयान्ड अस्टेलियन एण्ड क्यानडा एजुकेशन सेमिनार सम्पन्न


एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज,धनगढीको आयोजनामा आज एक दिने ग्रयान्ड अस्टे«लियन एण्ड क्यानडा एजुकेशन सेमिनार सम्पन्न भएको छ । अध्ययन,पिआर र अन्य प्रयोजनका लागी अस्टे«लिया र क्यानडा जान ईच्छुकहरु लाई खर्च एवम् अन्य सम्पूर्ण प्रकृयाहरुका बारेमा जानकारी गराउन आयोजित सेमिनारमा एक्सपर्ट अस्टे«लियाका साथै अस्टे«लिया र क्यानडाका बिभिन्न बिश्वबिद्यालयका प्रतिनिधिहरु को समेत सहभागिता रहेको थियो । धनगढीमा भएको   सेमिनारमा झण्डै एक हजार बढि अवलोकनकर्ताहरु ले अस्टे«लिया र क्यानडाका बिभिन्न बिश्वबिद्यालयका प्रतिनिधिहरु संग प्रत्यक्षरुपमा साक्षात्कार गरी जानकारी लिएका थिए ।
कार्यक्रमको उद्घाटन मा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक बद्री अर्यालले उक्त समिनार अस्टे«लिया र क्यानडा जान चाहने हरुका लागी एउटा अवसर भएको बताए । साथै उनले अस्टे«लिया र क्यानडा जान अब राजधानी धाईराख्न नपर्ने र भिसा सम्बन्धि सम्पूर्ण प्रकृया धनगढीकै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज बाट हुने भएकोले त्यसबाट अस्टे«लिया र क्यानडा जान चाहनेहरु लाई फाईदा पुग्ने बताए । समिनारमा एक्सपर्ट नेपालका कन्ट्री म्यानेजर शरद पाठकले अस्टे«लिया जाने प्रकृया र एक्सपर्टका बारेमा प्रस्तुती दिएका थिए । एक्सपर्ट धनगढी का अध्यक्ष बिजय चौधरीको सभापतित्वमा भएको कार्यक्रममा अस्टे«लिया र क्यानडाका बिभिन्न बिश्वबिद्यालयका प्रतिनिधिहरुले समेत आपm्नो मन्तव्य राखेका थिए ।



शनिबार २८, भदौ २०७६ ०७:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.