स्टिव स्मिथ पुन : अस्ट्रेलियाको कप्तान बन्दै

Yugnepal     859 पटक पढिएको    

स्टिव स्मिथ पुन : अस्ट्रेलियाको कप्तान बन्दै

काठमाडौं । अस्ट्रेलियाका पूर्व कप्तान स्टिव स्मिथले प्रतिबन्धबाट फर्केएपछि टेस्ट क्रिकेटमा तहलका मचाएका छन् । इङ्ल्याण्ड बिरुद्द ५ खेलको शृङ्खलामा ५ इनिंग मात्र खेलेपनि उनी सर्वाधिक रन बनाए । यति मात्र होइन, केवल तीन इनिंगमा स्टिव स्मिथले आईसीसी टेस्ट रेकिंगमा आफुलाई नम्बर एक बनाउदै  विराट कोहलीलाई पछि पारेका छन् ।

मार्च २०१८ मा दक्षिण अफ्रिका बिरूद्ध केप टाउन टेस्ट खेलमा बल टेम्परिंग गर्ने स्टिव स्मिथलाई एक बर्षको लागि प्रतिबन्ध लगाइएको थियो। स्मिथलाई थप कप्तानीको लागि दुई बर्षको लागि पनि प्रतिबन्ध लगाइएको थियो जुन मार्च २०२० मा सकिदैछ । स्टिव स्मिथ र डेभिड वार्नर प्रतिबन्ध लगाउने दिग्गजले नै अब स्टिव स्मिथले टेस्ट कप्तानी पाउने बताएका छन।

स्टिव स्मिथमाथि प्रतिबन्ध लगाइएको समय अस्ट्रेलियाका पूर्व कप्तान मार्क टेलर क्रिकेट अस्ट्रेलिया बोर्डको सदस्य थिए।  उनै मार्क टेलरले भनेका छन्,ु दाहिने हातका ब्याट्सम्यानले फेरि एक पटक अष्ट्रेलिया टीमको कमान्ड सम्हाल्नेछन् ।ु यद्यपि टिम पेन टोलीको कप्तान रहि रहनेछन्। टिप पेन टेस्टबाट जब सन्यस लिनेछन् स्टिव स्मिथले टोलीको कप्तानत्व पाउनेछन्।

मार्क टेलरले सिड्नी मोर्निंग हेराल्डमा आफ्नो स्तम्भमा लेखेका छन्, ुमलाई विश्वास छ कि स्टिव स्मिथले फेरि अष्ट्रेलियाको कप्तान हुनेछन्। स्टिव स्मिथ, डेभिड वार्नर र क्यामरन बानक्राफ्ट प्रतिबन्धित भएको समय म क्रिकेट अष्ट्रेलिया बोर्डको सदस्य थिएँ। अब यसमा कुनै शंका छैन कि स्मिथले यस घटनाबाट धेरै कुरा सिकेका छन र हामीलाई एक दमदार कप्तान मिल्नेछ ।

मार्क टेलरको यो भनाइलाई मान्ने हो भने टिम पेन यस वर्षको डिसेम्बरमा ३५  वर्षको हुँदैछ र स्टीभ स्मिथ हाल ३०  बर्षको भए। यस्तो अवस्थामा टिम पेनले चाँडै नै टेस्ट क्रिकेटलाई बिदा लिन सक्छन् जुन उनले कप्तानी पाउनु भन्दा अघि आफ्नो दिमाग बनाइसकेका थिए। साथै स्टीभ स्मिथसँग अष्ट्रेलियाई टीमलाई अधिक उचाइमा पुग्न प्रशस्त समय छ। प्रतिबन्धको क्रममा उनी टिमका कप्तान पनि थिए।



शुक्रबार २७, भदौ २०७६ ०२:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal