मदनकृष्ण र हरिवंश नै लागे रविलाई फसाउन खोज्ने कानुन खारेज गर्न

Yugnepal     840 पटक पढिएको    

मदनकृष्ण र हरिवंश नै लागे रविलाई फसाउन खोज्ने कानुन खारेज गर्न

चितवन । वरिष्ठ अभिनेताहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संचारकर्मी रवि लामिछानेलाई फसाउन खोज्ने कानुन खारेज गर्न माग गरेका छन् । 

चितवनमा सोमबार रवि लामिछानेको अदालतमा बहस चल्दै गर्दा बाहिर सडकमा समर्थकहरुसंग रहेका वरिष्ठ अभिनेताहरुले लामिछानेलाई फसाउन खोज्ने कानुन खारेज गर्न माग गरेका हुन् । 

हरिवंशले भने, ‘भोलि कसैले बालुवाटार अगाडि आत्महत्या गर्ला र गर्नुअघि मलाई आत्महत्या गर्न दुरुत्साहन गर्नेहरु ‘यी हुन्’ भनेर ठूला मान्छेको नाम लियो भने ‘ती ठूला मान्छे’ लाई सोधपुछ गर्न हिरासतमा लिने कि नलिने 

पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि आफूलाई आत्महत्या गर्न वाध्य पार्नेहरु रवि लामिछाने, पत्रकार युवराज कणेल र नर्स अस्मिता कार्की भएको आरोप लगाएका थिए । 

उक्त भिडियोका आधारमा प्रहरीले साउन ३० गते उनीहरुलाई पक्राउ गरी चितवन लगेको थियो । प्रहरीले पाँच दिन अनुसन्धान गर्न भन्दै पहिलो चरणमा र अदालतले पाँच दिन थप अनुसन्धानका लागि भन्दै दोस्रो चरणमा गरी १० दिन हिरासतमा राखेको थियो । 

सोमबार साँझ रवि लामिछाने ५ लाख रुपैयाँ धरौटी राखेर छुटेका छन् । त्यस्तै युवराजले ३ लाख धरौटी राखेका छन् भने अस्मिता साधारण तारेखमा छुटेकी छिन् । 

यो कानुन गत भदौदेखि लागु् भएको हो । यही आरोपमा १३२ भन्दा बढी पक्राउ परिसकेका छन् । 

यही सन्दर्भमा अभिनेताद्धय मदनकृष्ण र हरिवंशले यस्तो कानुनको विरोध गरेका हुन् । 

हत्यारा नै कार्वाही नगर्ने सरकारले कसैले दुरुत्साहन गरेको भन्दै कार्वाही गर्नुलाई आफै पनि हाँस्यास्पद भनी टिप्पणी हुन थालेको छ । 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १३ महिना पुगिसकेको छ । अहिलेसम्म सरकारले हत्यारा र बलात्कारी पत्ता लगाउन सकेको छैन । 

यस्ता घटना थुप्रै भएका छन् । यतातर्फ अभिनेताद्धयहरुले जोड दिँदै सुशासन कायम गर्न आग्रह गरेका छन् । उनीहरुले गलत कानुन संशोधन गर्नुपर्ने माग गरेका हुन् ।



मङ्गलबार १०, भदौ २०७६ ०२:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal