औषधीको मात्रा मिलाउन प्रधानमन्त्री सिंगापुर जाँदै

Yugnepal     841 पटक पढिएको    

औषधीको मात्रा मिलाउन प्रधानमन्त्री सिंगापुर जाँदै

काठमाडौं ।  नौ दिनसम्म सिंगापुरमा उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनस् सिंगापुर लैजाने तयारी  भएको छ । उनलाई भदौको पहिलो साता सिंगापुर लगिने तयारी भएको छ ।   सिंगापुरमा उपचारमा रहँदा प्रधानमन्त्री ओलीको स्वास्थ्यको औपचारिक जानकारी समेत दिइएको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले  प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य चेक–अप ९फलोअप० को लागि सिंगापुर जान लागेको जानकारी दिएका छन् ।

उनले भने,‘उहाँ फलो–अपको लागि सिंगापुर जाँदैहुनुहुन्छ । औषधीको मात्रा मिलाउनुपर्ने भएकोले जान लाग्नुभएको हो ।’ उनले फेरि मृगौला प्रत्यारोपण हुने हो कि भनेर गरिएको हल्लामा कुनै सत्यता नरहेको जिकिर गरे । उनले जाने मिति तय भएपनि उताबाट प्रधानमन्त्री कहिले फर्किने भन्ने मिति अहिलेसम्म तय नभएको सुनाए ।

यसअघि मृगौलाले काम गर्ने क्रम घट्दै गएपछि उनलाई फेरि सिंगापुर लैजाने तयारी भएको बताइएको थियो। मिर्गौलामा क्रेटिनिमको मात्रा बढ्दै गएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिएका थिए । साउन १८ गते सिंगापुरतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली ९ दिनको सिंगापुर बसाइपछि सोमबार फर्कदा फर्कदै आफ्नो स्वास्थ्य अवस्थाबारे केहि दिनमा थाहा पाउने बताएका थिए।

शुक्रबार मात्रै ओलीले म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो रु भन्दै बालुवाटार पुगेका झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्तासँग ठट्टा गरेका थिए ।  बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा चलाइएका निराधार हल्लाको प्रसङ्ग उल्लेख गरेका थिए ।

 उनले, “हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिएपछि सबै निको भयो । बाहिर म सिकिस्त भएजस्तै अफवाह फैलाइयो ।” भनेका थिए ।

ओलीले गत हप्ता सिङ्गापुरमा आँखा, कान, घाँटी र बूढीऔँलादेखि कान्छीऔँलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अङ्ग ठीक छ भनेका छन् । अब २०–२५ वर्ष केही हुँदैन भन्छन् । त्यस कारण म बिरामी होइन । भनेका थिए

ओलीको सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटल मा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि नेपाल फर्केका उनलाई समस्या बढ्दै गएको चिकित्सकहरुले बाएका छन् । उपचारमा संलग्नमध्येका डा अरुण सायमीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर नभएपछि पुन सिंगापुर जाने कार्यक्रम तय भएको जानकारी दिएका हुन्।



मङ्गलबार ०३, भदौ २०७६ ०३:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.