पुडासैनी प्रकरणमा निर्दोषलाई फसाउने र दोषी उम्कने स्थिति बने दुर्घटना निम्त्याउने छ – प्रदीप पौडेल

Yugnepal     749 पटक पढिएको    

पुडासैनी प्रकरणमा निर्दोषलाई फसाउने र दोषी उम्कने स्थिति बने दुर्घटना निम्त्याउने छ – प्रदीप पौडेल

 काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक गर्न माग गरेका छन् ।

पौडेलले सामाजिक संजाल ट्वीटरमार्फत आफ्नो धारणा राख्दै लेखेका छन् – घटनामा संलग्न जोकोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बुनेर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने छ ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको ट्वीट उनले गरेका छन् । नेता पौडेलको ट्वीट यस्तो छ –
‘पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक होस्। घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बुनेर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने छ। कसैले पनि आफूप्रति विश्वास कायम राख्न नसकेका कारण शङ्काको घेरा बढेको छ। यो घटनाले सरकारी संयन्त्रप्रति थप अविश्वास बढ्ने स्थिति नबनोस्। कानुनी राज्यको प्रत्याभूति पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक होस्।घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बुनेर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने छ। छानविन अगाडि बढाइयोस्।’



मङ्गलबार ०३, भदौ २०७६ ११:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal