जगदम्बाश्री र मदन पुरस्कार घोषणा

Yugnepal     821 पटक पढिएको    

जगदम्बाश्री र मदन पुरस्कार घोषणा

काठमाडौँ । मदन पुरस्कार गुठीले यस वर्षको ‘जगदम्बाश्री’ र ‘मदन पुरस्कार’ घोषणा गरेको छ । सो गुठीको आइतबार भएको साधारणसभाले तेस्रो आयाम साहित्यिक अभियानका एक आरम्भकर्ता बैरागी काइँलालाई लिम्बू भाषा तथा मुन्दुम संस्कार र संस्कृतिको अनुसन्धानका लागि जगदम्बाश्री र ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।     
     
 गुठीले २५७ कृतिमध्येबाट ‘मदन पुरस्कार २०७५’ का लागि सात कृति छनोट गरी सिफारिस गरिएको थियो । 

सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पुरस्कारका लागि सिफारिस भएका थिए । 



सोमबार ०२, भदौ २०७६ ०२:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal