लिम्घाका पहिरो पिडितलाई जीपी फाउण्डेशनद्वारा जस्तापाता हस्तान्तरण

Yugnepal     695 पटक पढिएको    

लिम्घाका पहिरो पिडितलाई जीपी फाउण्डेशनद्वारा जस्तापाता हस्तान्तरण

गुल्मी । गुल्मी सत्यवतिका पहिरो पिडतिका लागि गिरिजा प्रसाद कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट मकाउ शाखाले जस्तापाता हस्तान्तरण गरेको छ  ।

शनिवार सत्यवति गाँउपालिका वडा नं ४  लिम्घाका पहिरो पिडितहरुका लागि राहत स्वरुप ३ लाख बराबरको २९ बन्डल जस्तापाता जीपी फाउण्डेशल प्रदेश नं। ५ का सह–संयोजक बिष्णुकुमारी सापकोटाद्वारा सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाल र वडा अध्यक्ष दान बहादुर रानालाई जस्तापाता हस्तान्तरण गरेकी हुन ।

जस्तापाता हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस महिला विभाग सदस्य सचिव सरिता पन्थी, महिला विभाग सदस्य कमला पन्थी, महिला विभाग सदस्य बसन्ती पन्थी,नेपाल महिला संघ रेसुङ्गा नगरकार्य समितिका सभापति सिता पाण्डे,नेपाल महिला संघकी क्षत्रीय सदस्य सिता आचार्य, नेपाल महिला सघ रेसुङ्गा नगरपालिका  वडा नं। ८ की सभापति जमुना न्यौपाने,गिरिजा प्रसाद कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट मकाउशाखकी प्रतिनिधि लक्ष्मी ज्ञवाली,सत्यवति गाउँपालिका नेकपाका अध्यक्ष ठगप्रसाद ज्ञवाली,नेपाली काँग्रेस सत्यवति गाँउपालिका वडा नं। ४ का वडा सभापति गंगा बहादुर शाही लगायतको विशेष आतिथ्यता रहेको थियो । भने कार्यक्रमको सञ्चालन भने सञ्चारकर्मी कौरव खत्रीले गरेका थिए ।

साथै सोही अवसरमा नेपाल महिला संघ रेसुङ्गा नगरकार्य समिति र नेपाली काँग्रेस महिला विभागले संयुक्त रुपमा नगद रु।१० हजार रकम गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाल र वडा अध्यक्ष दान बहादुर रानालाई जस्तापाता हस्तान्तरण गरेका थिए ।



आइतबार २६, साउन २०७६ ०३:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal