किन बिग्रदैछ महिला पुरुष सम्बन्ध ?  दिनानुदिन बढ्दै सम्बन्धविच्छेदका मुद्दा

Yugnepal     794 पटक पढिएको    

किन बिग्रदैछ महिला पुरुष सम्बन्ध ?  दिनानुदिन बढ्दै सम्बन्धविच्छेदका मुद्दा

 भोजपुरमा पछिल्लो समय सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । जिल्ला अदालत भोजपुरको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्र ९९ मुद्दा दर्ता भएका छन् ।     
     
छत्तीस मुद्दा पुरुषले दर्ता गराएका छन् भने बाँकी महिलाले दर्ता गराएको अदालतले जनाएको छ । पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गर्न सक्ने नयाँ कानूनी व्यवस्थाको प्रयोग गर्दै ३६ पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका हुन् । 

भदौ १ गतेदेखि लागू भएका पाँच नयाँ कानूनमध्ये मुलुकी देवानी कार्यविधि ९संहिता० ० ऐन, २०७४ मा उल्लेखित व्यवस्थाको प्रयोग गर्दै उनीहरूले मुद्दा दर्ता गराएका हुन् ।     
     
कार्यालयका अनुसार वैदेशिक रोजगारी, अविश्वास र रकम हिनामिना, सामाजिक सञ्जालको दुरुपयोग, घरेलु हिंसालगायतका कारण सम्बन्धविच्छेद घटना बढ्दै गएको हो ।

विगत दुई आर्थिक वर्षको तथ्याङ्कअनुसार जिल्ला अदालतमा यो वर्ष सम्बन्धविच्छेदका मुद्दा बढेको अदालतको भनाइ छ ।

गत आर्थिक वर्षमा परेका ९९ मुद्दामध्ये ८३ मुद्दा फछ्र्योट भएका छन् भने १६ मुद्दा बाँकी रहेको जिल्ला अदालतले जनाएको छ । 



मङ्गलबार २१, साउन २०७६ ११:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.