रोकिएन युवा पलायन, सरकारी निति कागजमै सिमित,राहदानी बनाउनेहरुको संख्या बढ्दै ।

Yugnepal     711 पटक पढिएको    

रोकिएन युवा पलायन, सरकारी निति कागजमै सिमित,राहदानी बनाउनेहरुको संख्या बढ्दै ।

देशमा संघियता आएपनी रोजगारीका लागी तेस्रो मुलुक जानु पर्ने बाध्यता कायमै छ । तिन तहको सरकार आउदा पनी स्वदेशमै रोजगारीका अवसर सिर्जना नहुदा तेस्रो मुलुक जानेहरुको संख्या बढ्दै गइरहेको छ ।
सरकारले युवा स्वरोजगार,प्रधानमन्त्री रोजगार लगायतका कार्यक्रमहरु ल्याए पनी तिनको प्रभावकारी कार्यान्वयन नहुदा युवा पलायन रोकिन सकेको छैन् ।
पछिल्लो समय रोजगारीका लागि तेस्रो मुलुक जानका लागि पासपोर्ट बनाउनेहरुको संख्या बढ्दै गएको हो । स्वदेशमै रोजगारी सृजना नभएपछि आफुहरुले तेस्रो मुलुकजानका लागि पासपोर्ट बनाउनु बाध्यता रहेको धनगढी हसनपुरका राज क्षेत्रीले गुनासो गरे । उनले भने संघियता आएको २ बर्ष बित्नै लाग्यो तर बेरोजगारी समस्या उस्तै छ ।
संघियता आए पनि राज्यको सञ्चालन प्रकृया पुरानै हुदा बेरोजगारी अहिले पनि ब्याप्त रहेको उनको भनाई छ । सरकारले ल्याएका युवा लक्षित रोजगारका कार्यक्रम पनि कागजमै सिमित वनेका छन् ।
सरकारी कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा क्षमतावान युवाहरु विदेश पलायन भइरहेकोको धनगढी फुलवारीका नितेश सिहले गुनासो गरे । उनले भने सरकारका निति तथा कार्यक्रमलाई केलाएर हेर्ने हो भने युवालाई स्वदेशमै रोक्नका लागि निकै लोभ लाग्दा छन् ।
तर ति कार्यक्रम कार्यान्वयनको पक्ष फितलो हुँदा अहिले पनि दैनिक सयौंको संख्यामा युवाहरु राहदानी बनाउन लाइनमा बसेका हुन्छन् । युवाहरुको क्षमता र दक्षताअनुसारको रोजगारी सृजना नभए सम्म युवा पलायन नरोकिने उनको भनाई छ ।
देशमा तिन तहको सरकार आउदा पनी युवा पलायन रोकिन सकेको छैन् । पछिल्लो तिन बर्ष यता कैलालीमा राहदानी वनाउनेहरुको संख्या पनी बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा पछिल्लो तिन बर्ष यता ८ हजार ३ सय ६२ जनाले राहदानी वनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीकामा आर्थिक बर्ष २०७३÷७४ मा २ हजार ७ सय जनाले राहदानी बनाएका छन् । जसमा २ हजार २ सय ७४ पुरुष र ४ सय २६ जना महिला रहेका छन् । आर्थिक बर्ष २०७४÷७५ मा २ हजार ७ सय ८ जनाले राहदानी बनाएका थिए । जसमा २ हजार २ सय ५२ पुरुष र ४ सय ५६ जना महिला रहेका छन् ।
यस्तै गत आर्थिक बर्ष २०७५÷७६ मा २ हजार ९ सय ५४ जनाले राहदानी बनाएकोमा २ हजार ३ सय १३ पुरुष र ६ सय ४१ जना महिला रहेका छिन् । प्रशासन कार्यालय कैलालीबाट राहदानी वनाउनेहरुको संख्या बर्षेनी बढ्दै गएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।
आवश्यकता अनुसारका रोजगारीका अवसर स्वदेशमा नहुनु र अरुको देखासिकीका कारण पनी राहदानी वनाउनेहरुको संख्या बढ्ेको उनको भनाई छ । राहदानी वनाउनेहरुमा महिलाहरुको संख्या पनी बढ्न थालेको जोशीले बताए । सुदूर खबर बाट साभार ।



बिहिबार १६, साउन २०७६ ०१:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.