देश बिरामी भइसक्यो प्रधानमन्त्री ज्यू छिटो निको हुनुस्

Yugnepal     714 पटक पढिएको    

देश बिरामी भइसक्यो प्रधानमन्त्री ज्यू छिटो निको हुनुस्


भ्रमण वर्ष २०२० लाई नोक्सान पुर्याउने गरी ओलीको सिंगापुरमा आराम, नेपालको कुनै रमणीय स्थल रोजेको भए नयाँ गन्तव्य स्थल बन्थ्यो 

काठमाडौं । नेताहरु भाषण गर्ने बेलामा भन्छन् – नेपालजस्तो स्वर्ग अन्त कतै छैन । अझ कम्युनिष्ट नेताहरु त स्वर्गको बखान खुवै गर्छन् । जो धर्म मान्दैनन् उनीहरु स्वर्ग र नर्कको बारेमा चर्का बहस गर्छन् । 

यस्तो लाग्छ उनीहरु पहिले स्वर्गबाटै झरेका हुन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भाषणमा नेपालको खुवै बयान गरेका छन् । विदेश सयर गर्न खुवै रुचाउने ओली नेतृत्वको सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेसंगै विदेशमा प्रचारप्रसार गर्दा पनि नेपालको खुवै बयान गरिरहेको छ । 

ओली आफै पनि नेपालको बयान गरेर थाक्दैनन् । स्वभावैले कुनै पनि नेपालीले मेरो देश राम्रो छैन भन्दैन । मातृभूमि सबैलाई प्यारो लाग्छ । हो, राजनीतिक अस्थिरताले गर्दा वातावरण भने बिग्रिएको छ । 

तर प्रधानमन्त्री ओलीले भ्रमण वर्षलाई सघाउनु त कता हो कता उनी शनिबार ९साउन १८ गते० सिंगापुर जाने प्रसंगले भने तरंग ल्याइदिएको छ । यो तरंग अरु केही नभएर सोचका कारण आएको हो । 

उनी निकटकाहरुले ओली आराम गर्न सिंगापुर जाने बताइरहेका छन् । ओली निकटका र चिकित्सको सल्लाह अनुसार सिंगापुर जान लागेका हुन् । 

हुनत प्रधानमन्त्री निवास बालुवाटारमा सजिलै निद्रा कसैलाई लाग्दैन । किनकि राजनीतिक हर्कत नगरी कुनै पनि प्रधानमन्त्री सजिलै बालुवाटार पुग्दैन । त्यही हर्कत सम्झदै निद्रा भाग्नु स्वभाविकै हो । शरीर बेचैन हुनु स्वभाविकै हो । 

तर उनी निकटकाहरुले आराम गर्न प्रधानमन्त्री सिंगापुर जान लागेको भनेर दिएको अभिव्यक्ति ओलीको हतोत्साही मनस्थितिबाट उब्जिएको उपज हो भनेर भन्न सकिन्छ । 

हालैको बाढीपहिरोले गर्दा सय भन्दा बढीको मृत्यु, तीन दर्जनको संख्यामा बेपत्ता अनि सात दर्जन बढी घाइते र सयौं घरबारबिहीन बनिरहेको अवस्थामा ओलीलाई नेपालमा आराम नहुनु स्वभाविकै बन्न गएछ । 

मुलुकको कार्यकारी भएर जिम्मेवार बन्नुपर्ने हुन्छ । जनताका साना साना कुरामा ख्याल गर्नुपर्ने हुन्छ । बोलीभन्दा काममा अग्रसर हुनुपर्ने हुन्छ । तर ओलीलाई भाषण गरेरै समय कटाउन मज्जा लाग्छ । त्यसैले त कुनै कार्यक्रममा गए भने चाहिने नचाहिने कुरा गरेर घण्टौं बिताइदिन्छन् । 

अनि उनलाई आराम नचाहिएर कसलाई चाहिन्छ त रु तर आरामका नाममा सिंगापुर रु 

गरिब देशका प्रधानमन्त्रीले सिंगापुरमा आरामका लागि जानु किंचित सुहाएन । कम्युनिष्ट प्रधानमन्त्रीलाई सौखिन बन्न कतै पनि सुहाएन । महंगीले देश थलिएको छ । ओली गरीव जनताको टाउकोमा थप ऋणको भार उठाएर सिंगापुरमा आराम गर्न जाँदैछन् । 

अनि भ्रमण वर्षको पनि ओली सरकारले धज्जी उडाउँदै छ । जुन देशमा आराम मिल्दैन त्यो देशमा कोही किन भ्रमण गर्न आओस् । देशमा अमन चयन ल्याउने काम सरकारको हो । 

तर सरकार स्वयं बेचैनमा छ भने उसले कसलाई आराम देओस् भन्ने प्रमाण हो यो । कम्युनिष्ट सरकारका मन्त्रीहरु प्रायः विदेशमै रमाइरहेका छन् । तर देश खोक्रो भइरहेको र विकासको उल्टो गतिमा रहेको उनीहरुले देखिरहेका छैनन् । 

हो, ओलीले आराम गर्न पाउने अधिकार छ । उनी नेपालका कुनै रमणीय स्थलमा आराम गरेर बस्न सक्छन् । कर्णालीमा गएर उनले २०७५ सालको बिहानीको बिगुल फुकेका थिए । त्यसपछि उनले सायदै फर्केर हेरे । 

उनले एक हप्ता नेपालको जुनसुकै चर्चामा नआएको ठाउँमा गएर आराम गरुन् त्यो पक्कै पनि नयाँ गन्तव्य स्थल बन्नेछ । पर्यटकीय स्थल बन्नेछ । यसले भ्रमण वर्षलाई पनि साथ दिनेछ । 

दुर्भाग्य प्रधानमन्त्रीलाई मनपर्ने त सिंगापुर पो त १

भन्नुपर्दथ्यो उपचारका लागि 
ओली बिमार छन् । उनी जीवनका लागि संघर्षरत छन् । यसैले पनि उनले पटकपटक उपचारमा जानुपर्दछ । उनले पहिलेदेखि सिंगापुरमा उपचार गराइरहेका छन् । 

उनले उपचारका लागि सिंगापुर जान लागेको भन्नुपर्दथ्यो । जनतालाई अहिलेसम्म सयौं कुराहरु ढाँटिसकेका ओलीलाई एउटा यत्ति कुरो ढाँट्दा केही फरक पर्ने थिएन । तर यहाँ उनको आराम पहिलो प्राथमिकतामा  र स्वास्थ्य परीक्षण दोस्रो प्राथमिकतामा परेको छ । 

उनकी निजी चिकित्सक डा। दिव्या सिंहले पनि स्वास्थ्य परीक्षण हुने बताएकी छिन् । तर उनको भनाइले पनि प्रधानमन्त्रीको दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले आरामको जरुरी रहेको बताइरहेको छ । 

तर आराम गर्न विदेशमा रु यो गरीव देशका प्रधानमन्त्रीका लागि नसुहाउने नै हो । प्रधानमन्त्रीको यो निर्णय स्वीकार्य नहुने नै विषय हो । यत्ति हो प्रधानमन्त्रीको स्वास्थ्य जटिल भएको हो र पराशर्म लिनुपर्ने हो भने त्यसमा टिप्पणी गर्नु मुख्र्याई हुनेछ । देश बिरामी भइसक्यो प्रधानमन्त्री ज्यू छिटो निको हुनुस् १



बुधबार १५, साउन २०७६ ०१:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.