धन्यवाद प्रस्ताव पारित

Yugnepal     1634 पटक पढिएको    

धन्यवाद प्रस्ताव पारित

धन्यवाद प्रस्ताव पारित

    धनगढी, १३ फागुन  सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभामा गर्नुभएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव पारित गरेको छ । 
 
    प्रदेशसभा भवन धनगढीमा आज बसेको बैठकमा प्रदेशसभा सदस्य तारालामा तामाङले सो सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभा सदस्य वीरमान चौधरीले उक्त प्रस्तावलाई समर्थन गर्नु भएको थियो । 

    उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । प्रदेशसभाको अर्को बैठक यही फागुन १६ गते बिहान ११ः३० बजे बस्ने छ । 
 



सोमबार १३, फागुन २०७५ ०७:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal