डोटीमा फेरी वडा कार्यालयमा आगजनी

Yugnepal     672 पटक पढिएको    

डोटीमा फेरी वडा कार्यालयमा आगजनी

 

डोटी,  । डोटीमा शनिबार राती एक वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । शिखर नगरपालिका वडा नं ७ लाटामाण्डौको वडा कार्यालयमा राती करिब ११ बजेतिर अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट वडा कार्यालयका दुई वटा कोठामा क्षेति भएको जनाइएको छ । अहिले इलाका प्रहरी कार्यालय दिपायलका प्रमूख सइ कमलापती पन्त नेतृत्वको प्रहरी टोली घटना स्थलमा पुगिसकेको डोटीका प्रहरी प्रमूख प्रहरी उपरिक्षक विद्यानन्द माझीले जानकारी दिए ।

घटनाका विषयमा बुझ्न वडा अध्यक्ष नरबहादुर बलायरलाई सम्पर्क गर्दा सम्पर्क हुन सकिरहेको छैन । रातीको समयमा आगजनी किन र कसले गरेको भन्ने केहि बुझ्न नसकिएको शिखर नगरपालिकाका प्रमूख सिताराम जोशीले बताए ।

आगजनी घटनाबारे विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यसै श्रावणको ७ गते मात्रै डोटीकै जोरायल गाउँपालिका वडा नं। ४ लक्ष्मीनगरको वडा कार्यालयमा आगजनी भए लगत्तै फेरी अर्को घटना दोहोरिएको हो ।



आइतबार १२, साउन २०७६ ०१:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.