बुढानीलकण्ठका थापाको डुबेर मृत्यु

Yugnepal     640 पटक पढिएको    

बुढानीलकण्ठका थापाको डुबेर मृत्यु

 

चितवन । पौडी पोखरी स्विमिङपुल मा डुबेर शनिबार राति एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ४ नारायणथान बस्ने ४८ वर्षीय छन्दबहादुर थापा रहेका छन् ।  
   
काठमाडौँबाट घुम्नका लागि चितवन आएका थापाको पूर्वी चितवनको सौराहामा रहेको होटल रेन फरेष्टको स्विमिङपुलमा डुबेर मृत्यु भएको हो । 

स्विमिङ गर्न जाने क्रममा स्विमिङपुलमा डुबेर बेहोस भएका थापाको उपचारका क्रममा शनिबार राति ८ः४० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।     
 



आइतबार १२, साउन २०७६ ११:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.