विद्यालयको बसमा खैरो हिरोइन र नक्कली नोट, एक पक्राउ

Yugnepal     795 पटक पढिएको    

विद्यालयको बसमा खैरो हिरोइन र नक्कली नोट, एक पक्राउ

 


कपिलवस्तु । जिल्लामा  खैरो हिरोइन र नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मायादेवी गा।पा।४ चाकरचौडास्थित पिपराबाट चाकरचौडा तर्फ जादै गरेको लु १ क १५५४ नं।को बसबाट उक्त लागु औषध र नक्कली नोट बरामद गरिएको हो ।

पिस ग्लोबल ईङ्लिश बोर्डिङको उक्त बसलाई बिशेष सूचनाको आधारमा नियन्त्रणमा लिई चेकजााच गर्दा बसको टुलबक्सबाट १० पोका खैरो हिरोईन भेटिएको हो ।

सादा पोशाकमा खटिएको प्रहरी टोलिले उक्त बस चेकजाच गर्ने क्रममा लागु औषध सहित नेपाली रू।५००।९पााच सय०को घ ६१।६८१३६३ नं।को ८८ थान नक्कली नोट समेत बरामद गरेको थियो ।

हाल बस चालक बरकुलका देउकीनन्दन कसौधनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान जारी राखिएको कपिलवस्तु प्रहरी उपरिक्षक दिप शम्शेर राणाले बताए  । खुल्ला सिमा भएको कारण नेपाल बाट भारत लागु औषधको कारोवार नियमित जसो हुने र प्रहरीले पटक पटक लागु औषध बरामद हुने गर्दछ ।



शुक्रबार १०, साउन २०७६ ०५:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.