निर्मला हत्याकाण्डको यथार्थ प्रतिवेदन सार्वजनिक गर्न माग

Yugnepal     876 पटक पढिएको    

निर्मला हत्याकाण्डको यथार्थ प्रतिवेदन सार्वजनिक गर्न माग

 

डडेल्धुरा,  । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। बलात्कारपछि हत्या गरिएकी निर्मला हत्या काण्डका दोषीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री, गृहमन्त्री र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ।

शक्रुबार हत्याकाण्डको एक वर्ष पुग्दा पनि मुख्य अभियुक्तलाई पक्राउ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र पठाइएको हो।

गम्भीर अपराधमा संलग्न अभियुक्तलाई कानुनी कठघरामा ल्याउन प्रहरी–प्रशासनले ढिला गरेको भन्दै नागरिक समाज डडेल्धुराले प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलमार्फत शुक्रबार ज्ञापनपत्र बुझाएको हो।

एक वर्षसम्म पनि अपराधिहरु कानूनी दायरामा ल्याउन नसकेको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नगरिक समाजले यथाशीघ्र दोषीलाई कडा कारबाही गर्न संघीय सरकार र प्रदेश सरकारसँग माग गरेको छ।

निर्मला हत्याकाण्ड प्रकरणका सम्बन्धमा सरकार स्वयं जिम्मेवार भइ पीडितलाई न्याय दिइ विधिको शासन स्थापित गराउनुपर्ने दायित्व रहेपनि हालसालै संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले निर्माण हत्याकण्ड सामान्य जस्तै भन्ने आशयमा दिएको गैर जिम्मेवार सार्वजनिक अभिव्यक्तिले मौलाइरहेको संगठित अपराध र दण्डहिनतालाई प्रसय दिइरहेको घटनाप्रति नागरिक समाज डडेल्धुराले आपत्ति जनाएको छ।

‘राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको प्रतिवेदन अबिलम्ब कार्यान्वयन गर्नुपर्ने माग राख्दै कानूनी राज्यको अनुभूति, सुरक्षित तथा सुशासनयुक्त समाज निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै उक्त घटनाको यथार्थ प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसँग जोडदार माग गर्दछौँ’ नागरिक समाज डडेल्धुराका संयोजक रमेशप्रसाद जोशीद्वारा हस्ताक्षरित ज्ञापनपत्र उल्लेख छ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो। हत्यापछि यसको छानबिनका लागि विभिन्न समितिहरु बनेका थिए। तर, हत्याको एक वर्ष गुज्रिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन। निर्मलालाई न्याय र दोषीलाई कारवाहीको माग गर्दै कञ्चनपुरलगायत देशभर लामो समय आन्दोलन भयो।

निर्मलालाई न्याय माग्न मानव अधिकारकर्मी, नागरिक समाज, विद्यार्थी, महिलाको समूह सडकमा उर्लियो। तर, सरकार दोषी पत्ता लगाउन असफल रह्यो। जसका कारण सरकार आलोचित बन्दै आइरहेको छ। एक वर्षसम्म पनि हत्यारा पत्ता नलागेपछि निर्मलाका आमा–बुवा अहिले निकै निरास छन्।



शुक्रबार १०, साउन २०७६ ०३:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.