भारतिय प्रधानमन्त्री मोदी २ महिना भित्रै नेपाल आउने तयारीमा

Yugnepal     647 पटक पढिएको    

भारतिय प्रधानमन्त्री मोदी २ महिना भित्रै नेपाल आउने तयारीमा

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिमसाता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । मोदी नेपाल भ्रमणमा आउन दुई महिना अघिदेखि नै भारतीय सुरक्षाकर्मी र बिदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् ।

उच्च सुरक्षा स्रोतका अनुसार भदौ ३१ देखि असोज ३ गते ९सेप्टेम्बर १७ देखि २० तारिख० सम्म हुने उनको भ्रमणको तयारीका लागि साउनको पहिलो सातासम्म भारतीय सुरक्षाकर्मीको एक टोली दुईपटक काठमाडौं आएर दिल्ली फर्किसकेको छ ।

भारतीय सेनाका कर्णेलतहका अधिकारी र भारतीय कमाण्डो टोली नेपाल आएर फर्किएको बताइएको छ । उच्चस्तरीय भ्रमणका लागि आवश्यक सुरक्षा सुनिश्चितताको चासो राख्दै भारतीय सुरक्षाकर्मीले एकचरण नेपाली अधिकारीहरुसँग भेट गरेका छन् ।



शुक्रबार १०, साउन २०७६ ०१:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.