नेपालका लागि खुसीको खबरः चिनियाँ जनमुक्ती सेनाले भन्यो हामी नेपालको खुसी,प्रगतीका लागि सदैव सहयोग गर्न तयार

Yugnepal     790 पटक पढिएको    

नेपालका लागि खुसीको खबरः चिनियाँ जनमुक्ती सेनाले भन्यो हामी नेपालको खुसी,प्रगतीका लागि सदैव सहयोग गर्न तयार

 

चीनले नेपालसँगको चिरस्थायी साझेदारी र सहयोग आफ्नो चाहना भएको पुनः दोहो¥याएको छ भने पारस्परिक सम्बन्धलाई थप प्रगाढ तुल्याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । चिनियाँ जनमुक्ति सेना स्थापनाको ९२ औँ वार्षिकोत्सवका अवसरमा यहाँस्थित चिनियाँ दूतावासका सैनिक सहचारी लिउ सावक्वाले आज साँझ राजधानीमा आयोजना गरेको स्वागत समारोहमा नेपालका लागि चीनका राजदूत हउ यान्छीले आफ्नो पुरानो छिमेकी नेपालसँग अनन्तकालसम्म रहिरहने सहयोगात्मक साझेदारी आफ्नो देशको चाहना भएको बताउनुभयो ।चीनले कहीँ पनि आधिपत्य जमाउन नखोजेको स्पष्ट गर्दै विश्व शान्ति र प्रगतिका निम्ति संयुक्त राष्ट्रसङ्घीय शान्तिसैन्यमार्फत चीनले शान्ति, समृद्धि एवं स्थायित्व प्रवद्र्धनलाई नै केन्द्रमा राखेर विदेशनीति सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

चिनियाँ राष्ट्रपतिको निमन्त्रणा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले यसैवर्ष गर्नुभएको चीनको राजकीय भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको चर्चा गर्दै राजदूत हउले परम्परागत द्विपक्षीय सम्बन्धलाई दुई देशका उच्च सैनिक तहमा पनि प्रगाढ तुल्याइएको बताउनुभयो । “विपद् व्यवस्थापनसहितका पारस्परिक सैन्य अभ्यास हाम्रा सम्बन्धका दृष्टान्त हुन्”, उहाँले भन्नुभयो ।त्यसअघि समारोहका प्रमुख अतिथि प्रधानसेनापति पूर्णचन्द्र थापाले एकचीन नीतिप्रतिको नेपालको दृढ प्रतिबद्धता दोहो¥याउँदै ‘सगरमाथा अभ्यास’जस्ता चिनियाँ जनमुक्ति सेनासँगका साझा व्यावसायिक सैन्य अभ्यासले दुई देशको सम्बन्धलाई सुमधुर बनाएको बताउनुभयो ।

उहाँले शान्तिपूर्ण सहअस्तित्वलाई अँगालेको नेपालले चीनको स्थायित्व, प्रगति र शान्ति चाहेको तथा उसले हासिल गरेका विकासका विविध आयामबाट लाभान्वित हुन नेपाल सचेत रहेको बताउनुभयो ।सैनिक सहचारी लिउले स्वागत मन्तव्य व्यक्त गर्दै चीनको राष्ट्रिय एकता, भौगोलिक अखण्डता रक्षाका साथै विश्व शान्ति र स्थायित्वमा योगदान गर्नु नै चिनियाँ जनमुक्ति सेनाको लक्ष्य भएको बताउनुभयो । राष्ट्रसङ्घीय शान्तिसेनामा रहेर जनमुक्तिसेनाका ३९ हजार पदाधिकारीले विश्वका २४ देशमा सेवा गरिरहेका जानकारी दिनुभयो ।समारोहमा संवैधानिक अङ्गका पदाधिकारी नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, राजधानीस्थित कूटनीतिक नियोगका सैनिक सहचारी र वरिष्ठ पत्रकारको सहभागिता थियो ।

यो पनि पढ्नुहोस – चौतारामा बहुप्राविधिक शिक्षालय स् प्राविधिक शिक्षा आर्जन गर्न विभिन्न प्रविधिक शिक्षालय धाउन बाध्य चौतारा साँगाचोकगढी नगरपालिकालगायत आसपासका विद्यार्थीलाई अब अन्त धाउन नपर्ने भएको छ । जनयुद्धका शहीद कमल शर्मा ९दिनेश० र गोविन्द बजगाईं ९रामजी० को नामबाट चौतारामै दिनेश–रामजी स्मृति बहुप्राविधिक शिक्षालय स्थापना भएपछि विद्यार्थी यस्ताखाले झन्झटबाट मुक्त भएका हुन् ।

आफ्नै क्षेत्रमा आफ्नै घरको रुखोपिठो खाएर प्राविधिक र व्यवहारिक शिक्षा हासिल गर्ने उनीहरुको धोको पूरा गरेको हो प्रदेश नं ३ सरकारले । उक्त प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालको प्रयासमा यो शिक्षालय स्थापना गरिएको हो । शिक्षालयले यही साउन ७ गतेबाट सिभिल इञ्जिनीयरिङ र सूचना प्रविधिका लागि भर्ना आवेदन फारम वितरण गरिरहेको छ ।मन्त्री दुलालले भन्नुभयो, “यस शिक्षालयले सिन्धुपाल्चोकमा शैक्षिक र प्राविधिक क्षेत्रमा नयाँ इतिहास रच्ने छ ।” हाल शिक्षालयको कक्षा चौतारा बहुमुखी क्याम्पसमा सञ्चालन गरिने र नयाँ भवन निर्माण पनि यसै वर्ष शुरू गरिने उहाँले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस स् सागमा प्याराग्लाइडिङको उडान र अवतरणस्थलको खोजी स्

नेपालमा आगामी मङ्सीर १५ देखि २४ ९१७ देखि डिसेम्बर १ देखि १० तारिक०सम्मका लागि तय भएको १३औँ दक्षिण एशियाली खेलकूद ९साग०मा प्याराग्लाइडिङ खेलको प्रतिष्पर्धाका लागि उडान र अवतरण गरिने उपयुक्त स्थलको खोजी गरिएको छ ।प्याराग्लाइडिङको प्रतिष्पर्धा पोखरामा हुने निश्चित भएकाले राष्ट्रिय खेलकूद परिषद्, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति, जिल्लास्थित खेल सङ्घका पदाधिकारी तथा हवाई खेलकूद संस्थाका प्रतिनिधिको टोलीले बिहीबार पोखरा–१८ स्थित सराङकोटको सम्भावित स्थानको निरीक्षण गरेको हो । निरीक्षणपछि उडानका लागि चपाइस्थित चौतारीको खरबारी र अवतरणका लागि लेक साइडको ढल्केबार बनाउनुपर्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

सागमा प्याराग्लाइडिङसहित महिला फुटबल, ट्रायथलन, आर्चरी, ह्याण्डबल, भलिबल र भारत्तोलन गरी सात खेल पोखरामा खेलाइने तय भएको छ । सराङकोटबाट हाल व्यावसायिक उडान हुँदै आएको चण्डीडाँडा तथा त्यसभन्दा करीब एक किमी पर चपाइस्थित चौतारोको खरबारी टोलीले निरीक्षण गरेको थियो ।परिषद्का सदस्य राजेशकुमार गुरुङले उडानका लागि चपाइको खरबारी र अवतरणका लागि ढल्केबार उपयुक्त देखिएकाले छनोट गरी राखेपमा सिफारिस गरिने बताउनुभयो । उहाँका अनुसार खरबारी नजिकै रहेको विद्युत्को हाइटेन्सन लाइन स्थानान्तरणका लागि विद्युत् प्राधिकरणसँग आग्रह गरिनेछ । हाल व्यावसायिक उडानस्थललाई विस्तार गर्न सकेको खण्डमा उपयुक्त रहे पनि फराकिलोको हिसाबले अर्को स्थल उपयुक्त रहेको भनाइ उहाँको थियो ।

नेपाल प्याराग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र रावतले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्याराग्लाइडिङको उडानस्थल ८० बाइ ८० मिटर तथा जमीन ४० डिग्रीको स्लोप हुनुपर्ने मापदण्ड रहेको बताउनुभयो । उडानस्थलमा महिला तथा पुरुषको छुट्टाछुट्टै लुगा परिवर्तन कक्ष तथा शौचालयलगायत न्यूनतम पूर्वाधार निर्माण गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो । साग खेलअघि नै ती पूर्वाधार निर्माणका लागि पर्याप्त समय रहेको उहाँले उल्लेख गर्नुभयो ।चपाइको चौतारोस्थित खरबारी सार्वजनिक जमीन भएकाले त्यसलाई उपयोग गर्न सकिने वडा नं १८ का वडाध्यक्ष रणबहादुर थापाले बताउनुभयो । प्याराग्लाइडिङका लागि पर्याप्त जमीन रहेको र विद्युत्को हाइटेन्सन हटाउन सकिएको खण्डमा अन्यत्रभन्दा उपयुक्त रहेको भनाइ उहाँको थियो ।

सागमा प्याराग्लाइडिङमा आठ स्वर्णका लागि प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा एकल क्रस कन्ट्री महिला र पुरुष, समूह क्रस कन्ट्री महिला र पुरुष तथा एकल एक्कुरेसी महिला र पुरुष एवं समूह एक्कुरेसी महिला र पुरुष गरी आठ विधामा प्रतिष्पर्धा हुने हवाई खेलकूद संस्थाका अध्यक्ष योगेश भट्टराईले बताउनुभयो । नेपालले सागको तयारीका लागि गत वैशाख २६ देखि २० पुरुष र छ महिलालाई बन्द प्रशिक्षणमा राखेको र तिनीहरुमध्ये पाँच पुरुष र तीन महिला गरी आठ जनालाई छनोट गरिने भट्टराईले जानकारी दिनुभयो ।



शुक्रबार १०, साउन २०७६ ०१:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.