नेविसंघ कञ्चनपुरद्वारा रजिष्ट्रार निवासमा तालाबन्दी

Yugnepal     850 पटक पढिएको    

नेविसंघ कञ्चनपुरद्वारा रजिष्ट्रार निवासमा तालाबन्दी

 

कञ्चनपुर,  । नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीले बुधबार सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार गोविन्द विष्टको निवासमा तालाबन्दी गरेका छन्।

विश्वविद्यालयका उपकुलपति पूर्णबहादुर चन्द र रजिष्ट्रार गोविन्द विष्टको नियुक्तीको विषयमा केन्द्रीय कार्यालयमा लगाएको तालाबन्दीको विषयमा कुनै सुनुवाई नगरेकाले रजिष्ट्रार निवासमा तालाबन्दी गरिएको नेविसंघ कञ्चनपुरका विद्यार्थी नेता नागेश पन्तले बताए।

संघले उठाएका मागका बारे बेवास्था गरिएकाले तालाबन्दी गरिएको उनले बताए। ‘विश्वविद्यालयमा चैत्र महिनादेखि तालाबन्दी भएपछि रजिष्ट्रारकै निवासबाट कार्यालयका कामकाज हुन थालेपछि तालाबन्दी गरेका छौँ’ उनले भने।



बिहिबार ०९, साउन २०७६ ०३:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal