१० दिन पछि बस्यो संसद बैठक, विपक्षले प्रस्तुत गरे सार्वजनिक महत्वको प्रस्ताव

Yugnepal     700 पटक पढिएको    

१० दिन पछि बस्यो संसद बैठक, विपक्षले प्रस्तुत गरे सार्वजनिक महत्वको प्रस्ताव

 

काठमाडौं । १० दिनपछि प्रतिनिधि सभाको बैठक सुरु भएको छ । विपक्षको विरोधका कारण बाढी पहिरोको विध्वंसकाबीच गत असार ३० गते १० दिनको लागि संसद अवरोध भएको थियो । प्रतिपक्षले सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने कार्यतालिका देखेपछि संसदले सूचना टाँस गरी १० दिनसम्मको लागि बैठक स्थगित गरेको थियो । 

बुधबार सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएपछि बुधबार बस्ने भनिएको संसद बैठकमा अवरोध नगर्ने सहमती अनुरुप संसद सुरु भएको हो । संसद सुरु भएपछि काँग्रेस सांसद मीनेन्द्र रिजालले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् । सभामुख कृष्णबहादुर महराको पहलमा सिंहदरबारस्थित कार्यकक्षमा भएको  छलफलले प्रतिपक्षलाई सार्वजनिक महत्वको प्रस्ताव पेश गर्न दिने र प्रतिपक्षले संसद अवरोध पनि नगर्ने सहमति भएको हो । 

सहमतिअनुसार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले बाढी, पहिरो, डुबान लगायतका बारेमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने र सदन सुचारू गर्ने सहमती भएको थियो । 



बुधबार ०८, साउन २०७६ ०३:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.