पाँच किलो गाजासहित दुई पक्राउ

Yugnepal     711 पटक पढिएको    

पाँच किलो गाजासहित दुई पक्राउ

 

जनकपुरधाम । धनुषा जिल्लामा गाजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार  जिल्ला धनुषा  लक्ष्मिनीया गाउँपालिका वडा नम्बर   १ सिनुरजोडा  जाने सडक खण्डमा रहेको पिपल चौतारा स्थित ज।९ प। ६३९८ नम्बर को डिस्कभर मोटरसाइकलमा अपरिचित व्यक्तिहरुले लागु औषध गाँजा बोकेर आउदै गरेको  गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी धनुषाले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी  कार्यालयबाट खटि गएको प्रहरी अधिकृत समेतको विशेष टोलीले सो मोटरसाइकलमा सवार जिल्ला महोत्तरी औरही नगरपालिका वडा नम्बर २ बस्ने पवन विश्वकर्मा र  सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नम्बर  १० वस्ने रोशन विश्वकर्मालाई पक्राउ गरेको हो ।

निजहरुलाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक र पछाडी सवारको विचमा रहेको निलो रंगको झोला भित्र लुकाई छिपाई राखेको पाँच  किलो गाँजा सहित निजहरुलाई पक्राउ गरी जिल्ला प्रहरी  कार्यालयमा ल्याई लागु औषध मुद्दामा म्याद थप गराई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी उपरीक्षक शेखर खनालले बताए ।



बुधबार ०८, साउन २०७६ १२:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.