नेविसंघको नेतृत्वमा बाढी तथा डुबान पीडितलाई स्वास्थ्योपचार, लिए ११३० जनाले सेवा

Yugnepal     651 पटक पढिएको    

नेविसंघको नेतृत्वमा बाढी तथा डुबान पीडितलाई स्वास्थ्योपचार, लिए ११३० जनाले सेवा

 

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघको नेतृत्वमा बाढी तथा डुबान पीडितहरुको निःशुल्क स्वास्थ्योपचार गरिएको छ । 

नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्यको नेतृत्वमा दीपक भट्टराई, कल्पना खड्का लगायत सम्मिलित टोलीले रौटहट र सर्लाहीमा गई बाढी तथा डुबान पीडितहरुको निःशुल्क उपचार गरेको हो । 

वीपी कोइरालाको ३७ औं स्मृति दिवसको अवसर पारेर यही साउन ६ र ७ गते टोलीले शिक्षण अस्पतालबाट विशेषज्ञ चिकित्सकको टोली लगेर निःशुल्क उपचार गराएको हो । 

नेविसंघ टोलीले रौतहटको गढिमाई नगरपालिकामा साउन ६ गते गरेको निःशुल्क शिविरबाट ५३० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै निःशुल्क औषधि सेवा लिएको बताएको छ ।  

पूर्व महामन्त्री आचार्यले साउन ७ गते सर्लाहीको धनकौली गाउँपालिका ३ मा झण्डै ६०० जनालाई निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै निःशुल्क औषधि वितरण गरेको जानकारी दिए । 

आचार्यले पीडितलाई यो बेलामा के गरी सघाउन सकिन्छ भनी योजना बनाएर चिकित्सकको विशेषज्ञ टोली लगेर उपचार गराइएको बताए । 



बुधबार ०८, साउन २०७६ १२:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.