पर्साको ठोरीमा देशभरकै सबैभन्दा बढी वर्षा

Yugnepal     803 पटक पढिएको    

पर्साको ठोरीमा देशभरकै सबैभन्दा बढी वर्षा

 

पर्सा । पछिल्लो २४ घण्टामा देशको १३४ स्थानमा गरिएको बर्षाको मापन अनुसार पर्साको ठोरी क्षेत्रमा सबैभन्दा बढी वर्षा भएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा ठोरीमा १२२।४ मिलिमिटर वर्षा भएको हो ।

 देशको १३४ स्थानमा महाशाखाले गरेको मापन अनुसार ठोरी क्षेत्रमा सबै भन्दा बढी भारी वर्षा भएको महाशाखाले जनाएको छ । यस्तै परासीमा पनि ठोरी क्षेत्रमा जतिकै पछिल्लो २४ घण्टामा १२२।४ मिलिमिटर वर्षा भएको जनाएको छ । महाशाखाका अनुसार मकवानपुर गढीमा १२०।८ र कपिलवस्तुमा ११४।६ मिलिमिटर वर्षा भएको छ ।

ठोरी क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेको छ । साँझसम्म नै भारी वर्षा हुने सम्भावना रहेको भन्दै वाढी पूर्वानुमान महाशाखाले सचेत रहन ठोरीका सर्वसाधरणलाई मोवाइल मार्फत सूचना प्रवाह गरेको छ । गएरातिदेखि यो समाचार तयार पार्दासम्म भारी वर्षा भइरहेकोले ठोरी क्षेत्रमा रहेका अमुवा, ढेडु, ठुटे, चिताह लगायतका खहरेखोलाहरुमा बाढीको सतह ह्वातै बढेको शसस्त्र प्रहरी ठोरीका प्रहरी निरीक्षक अमरवहादुर विकले जानकारी दिए ।

भारी वर्षा र बाढीका कारण वीरगंज ठोरी तथा ठोरी माडी सडकखण्ड समेत अवरुद्ध हुन पुगेको छ । चितवनको माडी क्षेत्रमा रहेका हरिनगर स्थित वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा ११३।६ र वनकट्टामा ७९।५ मिलिमिटर वर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।



बुधबार ०८, साउन २०७६ १२:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.