पर्यटन पत्रकार महासंघ कैलालीको अध्यक्षमा चौधरी

Yugnepal     746 पटक पढिएको    

पर्यटन पत्रकार महासंघ कैलालीको अध्यक्षमा चौधरी

पर्यटन पत्रकार महासंघ कैलालीको अध्यक्षमा चौधरी
धनगढी फागुन ११

नेपाल पर्यटन पत्रकार महासंघ कैलालीको प्रथम अधिवेशनले नया नेतृत्व चयन गरेको छ । शनिवार धनगढीमा भएको प्रथम अधिबेशनबाट भिम चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।


समितको बरिष्ठ उपाध्यक्षमा रञ्जीत लामा, उपाध्यक्षमा इन्द्रा केसी, सचिवमा शेर बहादुर ऐर, सहसचिवमा कैलाश जोसी, समावेशी सह सचिवमा विवेक नागरी, कोषाध्यक्षमा सविता बुढा चयन भएका छन् । यस्तै सदस्यमा तेज वोहरा, हेमराज भट्ट, संगीता खड्का, घनश्याम वोगटी गरी ११ सदस्यिय जिल्ला समिति निर्विरोध रूपमा चयन भएको छ ।

पर्यटकीय दृष्टिकोणका प्रचुर सम्भावना बोकेको सुदूरपश्चिम प्रदेशको पर्यटन विकासको लागी पत्रकारिता क्षेत्रबाट महत्वपुर्ण योगदान पु¥याउने उदेश्यले नेपाल पर्यटन पत्रकार महासंघले नया नेतृत्व चयन गरेको हो । उक्त प्रथम जिल्ला अधिवेशनमा नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष, बसन्तप्रताप सिह, केन्द्रीय सदस्य जनक विष्ट, नेपाल पर्यटन पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष अमर भट्राई, बरिष्ठ पत्रकार मनमोहन स्वार लगायतको सहभागीता रहेको थियो ।



शनिबार ११, फागुन २०७५ ०६:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.