तिलगंगा आँखा अस्पतालले पायो ‘डब्लूएचओ’ को मान्यता

Yugnepal     797 पटक पढिएको    

तिलगंगा आँखा अस्पतालले पायो ‘डब्लूएचओ’ को मान्यता


  
काठमाडौं,  विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रको रुपमा मान्यता दिएको छ। 

२५ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच विश्व स्वास्थ्य संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा तिलगंगा अस्पताललाई आफ्नो समन्वय केन्द्रको मान्यता दिएको घोषणा गरेको हो।

आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन र अनुसन्धानको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएकाले अस्पताललाई आफ्नो समन्वय केन्द्रमा मान्यता दिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालले आँखाको उपचारको क्षेत्रमा असाधारण काम गरेर मुलुकको समृद्धिको अभियानमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको बताए। 

उनले अस्पतालका कार्यकारी निर्देशक डा। सन्दुक रुईतलगायतका टिमले आँखा उपचारको क्षेत्रमा पुर्‍याएको योगदानको पनि खुलेर प्रशंसा गरे। प्रधानमन्त्री ओलीले अस्पतालका लागि आवश्यक सबै सहयोग गर्न सरकार सधै तयार रहेको पनि बताए।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आँखाको स्वास्थ्य सेवालाई अन्य सेवासँगै छोडेर अघि बढाउने गरी सरकारले स्वास्थ्य नीति ल्याएको जानकारी दिए। उनले आँखाको स्वास्थ्य सेवालाई अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै ‘आँखा इकाई’ को व्यवस्था गर्ने घोषणा पनि गरे।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक रुईतले आँखा अस्पतालले २५ वर्ष यता आँखाको क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गराएका थिए। हालसम्म ६० लाख आँखा रोगीहरुको उपचार गरेको तथा चार लाख बढीको आँखाको शल्यक्रिया गरिएको पनि अस्पतालको कार्य प्रगति विवरणमा उल्लेख गरिएको छ ।



सोमबार ०६, साउन २०७६ ०४:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.