आगोको भट्टीमा पोलिएका भाँडाबाट सात दिनपछि कसरी जिउँदै निस्किए विरालोका बच्चा

Yugnepal     850 पटक पढिएको    

आगोको भट्टीमा पोलिएका भाँडाबाट सात दिनपछि कसरी जिउँदै निस्किए विरालोका बच्चा

काठमाडौं । प्रल्हाद करिब पाँच सात बर्षका थिए । एक पटक उनि आफ्नो पुष्षवाटिकामा भ्रमण गरेर जादै थिए । तब मार्गमा एक व्यक्तिलाई मौन धारण गरेर बसेको देखे । त्यस व्यक्तिलाई देखेर प्रल्हादले आफ्नो जिज्ञासा व्यक्त गरे,ुतपाई के गरिरहनुभएको छ रुु

ती व्यक्तिले भने,ु म भगवानको नामको सुमिरण गरिरहेको छुँ ।ु

प्रल्हादले सोधे,ु त्यो भगवान को हो रु उहाँको सुमिरणले तपाईले के पाउनुहुनेछ रुु

उनले भने,ु राजकुमार १ भगवान सर्वनियंता र सबैको रक्षक हुनुहुन्छ । म जातिले कुमाले हुँ । मैले माटोको भाडोकुडा बनाए तथा त्यसलाई पकाउन आगोमा हाले। तर एक माटोको घडामा केहि बिरालोको बच्चा थिए बिर्सिएर त्यसलाई पनि मैले आगोमा हाले । म भगवानको नाम हृदयबाट सुमिरण गरिरहेको छुँ कि त्यो बिरालोको बच्चा जल्नबाट जोगियोस ।ु

प्रल्हादले भने, ु के ती भगवान मेरो बुवा हिरण्यकस्यपु हुनुहुन्छ जो सबैलाई आफ्नो पूजा गराउदै हिड्नुहुन्छ । के तपाई उहाँकै प्राथना गरिरहनुभएको छ रुु

कुमालेले भने,ु होइन प्रल्हाद तिम्रो बुवा भगवान होइन। भगवान त सबैको प्रतिपालक र दयाको सागर हुनुहुन्छ । उहाँ सबैसँग प्रेम गर्ने सबैको पिता हुनुहुन्छ। म उहाँकै सुमिरण गर्दैछु । मलाई यो पूर्ण विश्वास छ कि ति बिरालोका बच्चाहरुलाई उहाँले निस्सन्देह रक्षा गर्नुहुनेछ ।ु

प्रल्हादले भने,ुतपाई यस आगोबाट भाडोहरु कहिले निकाल्नुहुनेछ रु यदि भगवानले बिरालोका बच्चाको रक्षा गर्नुभयो भने मलाई पनि पूर्ण विश्वास हुनेछ र म पनि उहाँको भजन ९ध्यान० गर्नेछु।ु

कुमालेले सातौ दिन माटोका भाडा निकाल्ने बताए। सातौ दिन जब प्रल्हाद पुनस् त्यहि पुगे। त्यहाँ कुमालेले प्रचण्ड अग्नीमा जलेर रातो भएका एक एक भाँडा निकालि रहेका थिए । जब उनले त्यस घडालाई बाहिर निकाले तब त्यस भाँडोबाट बिरालोको बच्चा म्याउँ म्याउँ गर्दै बाहिर निस्कियो ।

यस घटनालाई देखेर प्रल्हादलाई भगवानको नामप्रति पूर्ण विश्वास भयो । जब प्रल्हादले भगवानको त्यस नामलाई जान्नको लागि कुमालेसँग जिज्ञासा राखे तब उनले नारद मुनिसँग उपदेश लिन सुझाव दिए । तब नारद मुनिको कृपाबाट प्रल्हादले भगवानको नामलाई जानेर सुमिरण गर्न थाले।

त्यहि नामको सुमिरणले प्रल्हादको जीवन रक्षा गर्‍यो । भगवानले नरसिंह अवतार लिएर हिरण्यकस्यपुको बध गर्नुभयो ।

भन्नुको तात्पर्य हामी पनि भगवानको त्यस सर्वहितकारी नामलाई ज्ञानी गुरु भएको ठाँउमा गएर क्रियात्मक रुपबाट जानेर हृदयमा त्यसको सुमिरण गरे त्यसले पार नै लगाउँछ। जुन नामलाई प्रल्हादले जाने र सुमिरण गरे। आखिरमा संसारभर उदाहरण भएर रहे ।



सोमबार ०६, साउन २०७६ ११:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.