जंक फुडले बालबालिकामा पुड्कोपन बढ्दै

Yugnepal     878 पटक पढिएको    

जंक फुडले बालबालिकामा पुड्कोपन बढ्दै

काठमाडौं,  बजारमा पाइने जंक फुडले दुई वर्षमूनिका बालबालिकामा पोषणको कमि र पुड्कोपन बढ्दै गएको एक अध्ययनले देखाएको छ।

पोषणसम्बन्धी काम गर्दै आएको संस्था हेलन केलर इन्टरनेसनलले काठमाडौमा गरेको अध्ययनमा जंक फुडले पुड्कोपन बढ्दै गएको फेला पारेको हो।

हेलन केलर इन्टरनेसनलले काठमाडौका सात सय ४५ घरधुरीमा पुगेर १२ देखि २३ महिनाका बच्चामा पोषण जाँच गरेको थियो। बच्चाहरूलाई घरमा पाइने खानाभन्दा जंक फुड बजारमा पाइने बिस्कुट, क्रिसपीस, नुडल्सलगायत खुवाइएको पाइएको हेलेन केलर इन्टरनेसनलका प्रमुख कार्यक्रम संयोजक डा।अतुल उपाध्यायले बताए।

त्यस्ता बच्चाहरूमा पोषणको कमि र पुड्कोपनाको समस्या देखिएको उनले बताए। बालबालिकामात्रै नभइ नेपालका युवाले पनि बजारमा पाइने खानेकुरा बढी खाने गरेको पाइएको उनले बताए। ‘दुई वर्षमूनिका बालबालिकालाई त आमाबुवाले नै खुवाउने गरेका छन्,’ डा।उपाध्यायले भने।

बजारमा पाइने खानेकुरामा बच्चालाई आवश्यक पर्ने खनिज पदार्थ, भिटामिनलगायत पौष्टिक तत्व पाइदैन। काचै खान पनि मिल्ने र पकाउन पनि सजिलो हुने भएकाले अभिभावकले नै बजारबाट किनेर खुवाउने गरेको पाइएको छ।



बुधबार ०१, साउन २०७६ ०२:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.