बुधबारको दिनमा श्रीकेदारनाथ मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ श्रावण १ गते बुधबारको राशिफल

Yugnepal     800 पटक पढिएको    

बुधबारको दिनमा श्रीकेदारनाथ मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ श्रावण १ गते बुधबारको राशिफल

वि।सं।२०७६ साल साउन ०१ गते । बुधबार । ईश्वी सन् २०१९ जुलाई १७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । साउन कृष्णपक्ष । तिथि प्रतिपदा,५४ घडी ५८ पला,रातको ०३ बजेर १९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र उत्तरषाडा,४३ घडी ०९ पला,बेलुकी १० बजेर ३५ मिनेट उप्रान्त श्रवण । योग विष्कुम्भ,५७ घडी १० पला,रातको ०४ बजेर ११ मिनेट उप्रान्त प्रिती । करण वालव,दिउसो ०२ बजेर ४० मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर १९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा वज्र योग । चन्द्रराशि मकर । शास्त्रोक्त दक्षिणायन प्रारम्भ। कण्डारक पूजा। लूतो फाल्ने सांस्कृतिक दिवस। थारू समुदायको गुरिया पर्व। बैतडी, गुजरमा बनारसी साउने मेला प्रारम्भ। काठमाडौंमा सूर्योदय ०५ बजेर २० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेट । दिनमान ३४ घडी ०९ पला ।

मेष९चू,चे,चो,ला,लि,लू,ले,लो,अ०

आर्थिक व्यावस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय दिनु पर्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा माया प्रेममा अबिश्वास बढ्नेछ ।

बृष९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो०

समाजमा तारिफयोग्य काम गरि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहर सुचारु हुनेछन् भने नयाँ काममा हाता हाल्न सकिने समय रहेकोछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा उपश्थिति जनाई समयमा काम लिन सकिनेछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने योग रहेकोछ ।

मिथुन९का,की,कू,घ,ङ,छ,के,को,हा०

समयमा काम नबन्ने तथा ऋण लाग्ने हुँनाले मानसिक तनाब बढ्नेछ । हतियार,फलाम तथा आगो सँग सम्बन्धित काम गर्दा वा प्रयोग गर्दा हासियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुँन सक्छ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुँनाले आज मुद्धा मामिलामा सामेल भए हारिने सम्भावना रहेको छ ।

कर्कट९ही,हू,हे,हो,डा,डी,डु,डे,डो०

नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ ।

सिहं९मा,मी,मू,मे,मो,टा,टी,टू,टे०

मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनाबस्यक मुद्दा मामिला आईलाग्नेछन् । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या९टो,पा,पी,पु,ष,ण,ठ,पे,पो०

पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुँने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् ।

तुला९रा,री,रु,रे,रो,ता,ती,तू,ते०

सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ ।

बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू०

छोटो दुरिको व्यावसायिक यात्रा हुँने भएपनि उपलब्धिभने न्यून हुनेछ । पढाई लेखाईमा ध्यान नदिदा प्रतिश्पर्धिहरु हावि हुनेछन् भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट थोरै कमाईमा चित्त बुझाउँनु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्छ । माया प्रेममा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुनेछ । लेखनकला तथा साहित्यको पाटो थाति रहनेछ ।

धनु९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे०

आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुँनाले थप हौसला बढ्नेछ । बोलिको प्रभाव बढ्ने तथा कर्म क्षेत्रमा तपाईको कामको उच्च मुल्याङकन हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा आथित्यको रुपमा सत्कार पाईने योग रहेकोछ ।

मकर९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी०

गित संगीत तथा मोडलिङ पेशा व्यावसायमा समय दिनेहरुले चित्तबुझ्दो आम्दानि गर्न सक्नेछन् । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज तथा राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् ।

कुम्भ९गू,गे,गो,सा,सी,सू,से,सो,दा०

बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ ।

मीन९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची०

व्यापार व्यावसायमा बृद्धि भई मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा सोचेभन्दा राम्रो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ भने घर परिवारमा सबैसँग सम्बन्ध सुमधुर बन्नेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।



बुधबार ०१, साउन २०७६ १२:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.