मालिकार्जुन धाममा पुजन जात्रा सम्पन्न

Yugnepal     1478 पटक पढिएको    

मालिकार्जुन धाममा पुजन जात्रा सम्पन्न


देशकै सातौं धाम तथा दार्चुला जिल्लाको प्रमुख धार्मीक पर्यटकीय तिर्थस्थल मालिकार्जुनमा पुजन जात्रा सम्पन्न भएको छ ।
लेकम क्षेत्रको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा पर्ने शैल्यसिखर धाममा प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथी र कार्तिक शुक्ल त्रयोदशी तिथिमा शिखर पुजन जात्रा हुने गर्दछ । शिबलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनबिस्वास छ ।


हिन्दू धर्माबलम्बिहरुको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न बिबाहीत महिला तथा ब्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अगाडी देखिनै शुद्ध भएर जाने प्रचलन रहिआएको छ । शिखर धामको पवित्र मनले दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र निसन्तानीलाई सन्तान सुख प्राप्त हुने जनविश्वास छ । मालिकार्जुन गाउपालिकाको वडा नम्बर ३ मड स्थित भण्डारिघरदेखि सुरु हुने शिखर जात्रा मालिकार्जुन मन्दिर हँदै शिखर धाम क्षेत्रमा पुग्ने गर्दछ ।


यस वर्षको शिखर धामको दर्शन गर्न हजारौ श्रद्धालु भक्तजनहरु शिखर पुगेका छन । शिखर धामको दर्शन गर्न आइतबारदेखि नै प्रदेश ७ का अधिकांश जिल्लाका साथै उत्तराखण्ड भारतबाट समेत ठूलो संख्यामा श्रद्धालुहरु मालिकार्जुन पुगेका थिए । बर्षेनि हजारौ श्रद्धालु भक्तजनहरुले पुजनजात्रामा शिखर धामको दर्शन गर्ने गरेका छन् । मालिकार्जुन क्षेत्र सरकारले घोषणा गरेका एक सय पर्यटकिय गन्तब्यमा समेत परेको छ ।



मङ्गलबार ३१, असार २०७६ ०२:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.